श्रीमतीको लागि लैजाँदै थिए यस्तो ‘गिफ्ट’, एयरपोर्टमा जाँच गर्दा सुरक्षाकर्मी भागाभाग,…

एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ । सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीले उनको झोला खोलेर हेर्दा उनीहरु आत्तिएर चिच्याउन थालेका छन् । एयरपोर्टमा भएका मानिसहरु उनको झोला हेर्नासाथ चकित परे ।

चीनको गुआंग्डोंगको एयरपोर्टमा एक जोडीको लगेज जाँच गर्दा त्यहाँ भएका मानिसहरु आत्तिएर चिच्याउन थाले । केही मानिसहरु डराएर भागे । एयरपोर्टका सेक्युरिटी अफिसरहरुले उनको झोलामा केही किराजस्तो चीज चलिरहेको देखे । एक महिला अफिसरले उनको ब्याग खोल्नासाथ आत्तिएर चिच्याइन् । उनको आँखाबाट आँसु निस्कियो । वास्तवमा उनको ब्यागमा साङ्ला भरिएका थिए ।

अफिसरहरुले यसरी ब्यागमा साङला (कक्रोच) भरेर लैजानुको कारण सोध्दा उनीहरु झनै चकित परे । ती व्यक्तिले यी साङ्ला आफ्नी श्रीमतीको लागि लैजाँदै थिए । उनका अनुसार उनकी श्रीमतीलाई छालाको रोग थियो । यो समस्यामा प्रयोग गरिने औषधी बनाउनका लागि साङ्लाको उपयोग हुन्थ्यो । यो औषधी अनुहारमा लगाउँदा राहत मिल्ने उनले बताए । उनकी श्रीमतीलाई के रोग छ भन्नेबारे भने उनले बताएनन् । उनले आफ्नी श्रीमतीलाई यतिसम्म माया गर्ने थाहा पाएर सुरक्षाकर्मीलाई उनीप्रति सहानुभूति भने भयो । तर, सुरक्षाकर्मीले उनलाई साङ्ला लैजाने अनुमति भने दिएनन् ।

The post श्रीमतीको लागि लैजाँदै थिए यस्तो ‘गिफ्ट’, एयरपोर्टमा जाँच गर्दा सुरक्षाकर्मी भागाभाग,… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.