शिक्षकले गरे स्कुलमै बलात्कार, चिठीमा सबै घटना लेखेर विष पिइन् छात्राले

ललितपुर। आफ्नै शिक्षकले स्कुलमै आफूलाई बलात्कार गरेपछि ९ कक्षामा अध्ययनरत एक छात्राले विष पिएर आत्महत्याको प्रयास गरेकी छिन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । शिक्षकले धम्की दिएका कारण ती किशोरीले २ दिनसम्म यो कुरा परिवारसँग लुकाएर राखेकी थिइन् । गत शनिबार उनले एउटा चिठीमा शिक्षकको सबै कर्तुत लेखेर आत्महत्या गर्नको लागि विष पिइन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्लामा रहेको अम्बेडकर इन्टर कलेजमा ९ कक्षामा पढ्ने १३ वर्षकी ती छात्राका अनुसार ती शिक्षकले २० डिसेम्बरका दिन उनलाई बलात्कार गरेका हुन् । दिउँसो १२ बजे उनी शौचालय गएको बेला अंग्रेजी शिक्षक राजकुमार भनिने कल्लु महाराज त्यहीँ आएर उनलाई शौचालयमै जबरजस्ती बलात्कार गरेका थिए । उनले चिच्याउन खोज्दा ती शिक्षकले मुख बन्द गरेर मारिदिने धम्की दिएका थिए ।

ती किशोरीकी आमाका अनुसार उनी स्कुल विदा भएपछि घर पुगे पनि २ दिनसम्म परिवारलाई केही बताइनन् । २३ डिसेम्बरका दिन बिहान ५ बजे उनले आफूसँग भएको सबै घटना चिठीमा लेखेर उनले घरमा राखिएको कीटनाशक औषधी खाइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो । अहिले उनको उपचार भइरहेको छ । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । dcnepal

The post शिक्षकले गरे स्कुलमै बलात्कार, चिठीमा सबै घटना लेखेर विष पिइन् छात्राले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.