पार्टी छाडेर राप्रपामा प्रवेश गरेकि नायीका रेखा थापाले प्रचण्डलाई यस्तो भनिन्

काठमाण्डौ, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आज अनौठौ संयोग परेको छ । चितवन ३ वाट प्रतिनिधि सभा सदस्यमा आज निर्वाचित भएका प्रचण्डको आज नै जन्मदिन समेत परेको छ । चर्चित नायिका रेखा थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई चुनावमा विजय हासिल गरेको र जन्मदिनको एकसाथ बधाई दिएकी छन् । उनले चुनावमा विजयी भएकोमा प्रचण्ड र डा। बाबुराम भट्टराईलाई एकसाथ बधाई दिँदै थप लेखेकी छन्, “‘एण्ड ह्याप्पी बर्थ डे प्रचण्ड बा ।”

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले चितवन ३ वाट निर्वाचन लडेका थिए । उनको विजयको घोषणा पनि आज सोमवार नै भएको छ । केही वेर अघि उनलाई विजय घोषणा गरिएको हो । संयोग: आफू जन्मेकै दिन प्रचण्डको विजयी घोषणा गरिएको छ । २०११ मंसिर २६ गते जन्मिएका प्रचण्ड अंग्रेजी तिथिमितिअनुसार ११ डिसेम्बरमा जन्मेका हुन् ।

यद्यपि मंसिर २६ भने भोलि हो । प्रचण्ड आजै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् । अध्यक्ष प्रचण्डले ४६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् । वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईको भने पहिले नै गोर्खाबाट विजयी घोषणा भइसकेको छ । रेखाले आजमात्रै दुबै नेताहरुलाई बधाई दिएकी छन् ।

The post पार्टी छाडेर राप्रपामा प्रवेश गरेकि नायीका रेखा थापाले प्रचण्डलाई यस्तो भनिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.