फेरी गयो ६.२ म्याग्निच्युडको भूकम्प

इरान / इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।

भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस भागेर सुरक्षित स्थानतर्फ गएका आइआरएनए न्यूज एजेन्सीले बताएको छ । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका थिए । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको भएका छन् । भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ ।

करिब १० किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्रविन्दु ३०.७५४ डिग्री उत्तरी अक्षांश र ५७. ३१५ डिग्री दक्षिणी देशान्तरमा रहेको इरानी भुगर्व विज्ञान केन्द्रले जनाएको छ ।

The post फेरी गयो ६.२ म्याग्निच्युडको भूकम्प appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.