यी १२ लक्षणले मानिसको मृत्युको संकेत गर्छ

जीवन तथा मृत्युका बारेमा आम मानिस चिन्तित् हुन्छन् । यो स्वभाविक पनि हो । विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ ।

सोही शिवपुराणका आधारमा जानौं कुन व्यक्तिको मृत्यु कहिले हुन्छ भन्ने बारेमा

जीवन तथा मृत्युका बारेमा आम मानिस चिन्तित् हुन्छन् । यो स्वभाविक पनि हो । विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ ।

सोही शिवपुराणका आधारमा जानौं कुन व्यक्तिको मृत्यु कहिले हुन्छ भन्ने बारेमा :

१. शिवपुराणका अनुसार जुन मानिस ग्रहको दर्शन हुँदा पनि दिशाको बारेमा ज्ञान हुँदैन तथा मनमा बैचेनी छाइरहन्छ त्यो व्यक्तिको मृत्यु ६ महिनामा हुन्छ ।

२. जुन व्यक्तिलाई अचानक निलो झिंगा आएर घेर्छ उसको एक महिना भन्दा पनि कम हुन्छ ।

३. शिवपुराणमा उल्लेख गरिएको छ की जुन मनुष्यको शीर माथि गिद्ध, काग अथवा सुगाा आएर बस्छ उसको एक महिना भित्र मृत्यु हुन्छ ।

४. यदी अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो छ अथवा रातो निशाना देखाउँछ त्यो व्यक्तिको मृत्यु ६ महिनाभित्र मृत्यु हुन्छ । यस्तै जुन व्यक्तिको मुख, कान, आँखा, जिब्रो लगायतका शरीरका अंगले सहि तरिकाले काम गर्न छाडे पनि ६ महिनामा मृत्यु हुन्छ ।

५. जुन मनुष्यले चन्द्रमा अथवा सूर्यका वरिपरी चम्किलो घेरा कालो या रातो देख्छ त्यो मनुष्यको मृत्यु १५ दिनभित्र हुन्छ ।

६. यही कुनै मनुष्यको मुख र घाँटी पटक पटक सुख्खा हुन थाल्छ त्यो मानिसको ६ महिना भित्र मृत्यु हुने शिवपुराणमा उल्लेख गरिएको छ ।

७. जुन मानिसले आफ्नो छायाँमा टाउको देख्दैन अथवा छायाँ नै देख्दैन भने यस्ता मनुष्यको एक महिना भित्र मृत्यु हुन्छ ।

८. जब कुनै मनुष्यको बायाँ हात लगातार एक हप्ता सम्म भारी हुन्छ (अररो पार्छ) त्यो मनुष्य एक महिना भन्दा पनि कम मात्रै बाँच्छ ।

९. शिवपुराणका अनुसार जुन मनुष्यले ध्रुव तारा अथवा सूर्यमण्डलको पनि सहि रुपले हेर्न सक्दैन तथा रातमा इन्द्रधनुष र दिनमा उल्कापात भएको देख्छ साथै गिद्ध र कागले घेरिरहन्छ उसको आयु ६ महिना भन्दा बढी हुँदैन ।

१०. जुन मनुष्यलाई सूर्य तथा चन्द्रमामा राहूको पीडा देखिन्छ त्यो मानिसको मृत्यु ६ महिना भित्र हुन्छ ।

११. शिवपुराणका अनुसार जुन व्यक्ति हरिणको पछाडि भएको शिकारीको भयानक आवाज चाँडै सुन्दैन उसको मृत्यु ६ महिना भित्र हुन्छ ।

१२. शिवपुराणमा उल्लेख गरिएको छ – जुन व्यक्तिले आगोको प्रकाश सहि रुपमा देख्दैन तथा चारै दिशा अँध्यारो देखिरहन्छ उसको पनि ६ महिना भित्र मृत्यु हुन्छ ।

(यद्यपी माथि उल्लेखित सबै विषय धार्मिक ग्रन्थ शिवपुराणमा उल्लेख गरिएको आधारमा लेखिएको हिन्दी डट न्यूज ट्वान्टिफोर अनलाइन डटकमले जनाएको छ । सोही अनलाइनबाट साभार गरिएको हो । उल्लेखित मृत्युका लक्षण वैज्ञानिक आधारमा छैनन् । यसर्थ उक्त लक्षण देखिन साथ मानिसको मृत्यु हुन्छ भन्ने पनि छैन ।)

The post यी १२ लक्षणले मानिसको मृत्युको संकेत गर्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.