दीपिकाले दिइनन् अनुष्कालाई बिहेको बधाई – कारण यस्तो

मङ्सिर २९,काठमाण्डौ – भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको बिहे भारतमा ठूलै समाचारको विषय बनिरहेको छ । सामाजिक सञ्जालमा उनीहरुले बधाई खाएको खाएै छन् ।

राजनीतिज्ञ, क्रिकेटर, सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले यो जोडीलाई बधाई र शुभकामना दिएका छन् । तर, बलिउडका एक जोडी भने यो मामलामा मौन रहे । उनीहरुले बधाईमा एक शब्द पनि खर्चिन चाहेनन् । उनीहरु हुन् नायिका दीपिका पादुकोण र उनका व्वाइफ्रेन्ड रणवीर कपुर । रणवीरले विवाहको एउटा फोटोमा लाइकसम्म गरेका थिए ।

यो जोडीले बिराट-अनुष्कालाई शुभकामना नदिनुको कारण छर्लङ्गै छ । खासमा रणवीर र अनुष्काबीच पहिले प्रेम थियो । त्यो प्रेम टुटेपछि रणवीरले दीपिकालाई टिपे भने अनुष्काले टिपिन् बिराटलाई । पुरानो सम्वन्धको धङधङी दुवैमा अझै बाँकी नै रहेको हुनुपर्छ ।

दीपिका र अनुष्काबीच पहिलेदेखि नै राम्रो सम्वन्ध थिएन । हालै पद्मावती फिल्मको फस्र्ट लुक रिलिज भएका बेला सबै सेलिब्रिटीहरुले यसको तारिफ गरेका थिए । तर, यस बारेमा प्रश्न गर्दा अनुष्काले जवाफ दिएकी थिइन्, मैले त्यो हेरेकै छैन ।

अहिले दीपिकाले पनि आफ्नो व्वाइफ्रेन्डको एक्सलाई के बिबाहको बधाई दिइरहन्थिन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा भने उनले आफूले दुवैलाई व्यक्तिगत सन्देश पठाएर बधाई दिएको दावी गरेकी छिन् । तर, उनको दावीलाई कसले पत्याउने ?

The post दीपिकाले दिइनन् अनुष्कालाई बिहेको बधाई – कारण यस्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.