नेपालमा वामपन्थीको जीत : भारतको हातबाट यसरी फुत्कियो नेपाल

काठमाडौं, २४ मंसिर — एसिया टाइम्समा शनिवार भारतीय कूटनीतिक विश्लेषक एमके भद्रकुमारको एक विश्लेषण प्रकाशित भएको छ । भद्रकुमारले नेपालको निर्वाचनको मतपरिणाम आइरहँदा नेपाल (र माल्दिभ्स) अब भारतको अक्ष (अर्बिट) बाट फुत्केको विश्लेषण गरेका छन् ।उनी लेख्छन् :

दक्षिण एसियाली क्षेत्रको राजनीतिक नक्सा पूरै परिवर्तन भइरहेको छ । नेपालमा संसदीय निर्वाचनको मतपरिणाम आइरहँदा कम्युनिस्ट पार्टीहरू सम्मिलित वाम गठबन्धनले विशाल बहुमत ल्याएको छ र उसैले अब सरकार बनाउनेछ ।

वाम गठबन्धन सतहमा चीनसमर्थक देखिन्छ ।

यो घटनाले दक्षिण एसियाली क्षेत्रमा भारतको प्रभाव घट्दै गएको देखाउँछ र यो मोदी सरकारको विदेशनीतिको असफलता हो । नेपाल अब भारतको अक्षबाट बाहिर निस्कँदैछ ।

मोदी सरकारले सानो छिमेकी मुलुकमाथि ‘मुढेबलमा आधारित कूटनीति’ अपनाएकाले यो स्थिति आएको हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र रहन चाहन्छ कि हिन्दू राष्ट्र भन्ने कुरा नेपालले नै निर्णय गर्ने हो । नयाँ दिल्लीले नेपाललाई आफ्नो बाटो हिँडेकोमा सजाय दिन पाउँदैन ।

प्रस्ट रूपमा भन्नुपर्दा दुई वर्षअघि नेपाललाई दबाब दिनका लागि दुई महिनासम्म आर्थिक नाकाबन्दी लगाउनु नै भारतको मूर्खता थियो । त्यस नाकाबन्दीका कारण इन्धन, खाना पकाउने ग्यास, औषधि र अन्य सामानको आपूर्तिमा कमी आएर नेपालीलाई अप्ठ्यारो पा–यो । (भारतबाट आएका) मधेशीहरूले भारतको हितमा काम गरेको धारणा नेपालमा प्रबल बन्यो ।

भारतले नेपालमा महाभूकम्प जाँदा उद्धार कार्यमा पनि अव्यवस्था देखाउँदै चिनियाँहरूसँग पब्लिक रिलेसन्समा प्रतिस्पर्धा ग–यो । नेपालीहरू भारतको यो रवैया देखेर रिसाए । भारतीय कूटनीति त्यसपछि कहिल्यै सम्हालिन सकेन ।

यी कारणहरूले जन्माएको भारतविरोधी संवेदनाले भारतको छविलाई गम्भीर क्षति पु–याएको छ, उसको हैसियत घटाएको छ र नेपालमा उसको प्रभाव कमजोर बनाएको छ । कुरा थप बिगार्दै नयाँ दिल्लीले हालैका केही महिनामा (भारतका हिन्दू राष्ट्रवादी समूहसँग निकटता भएका) नेपालको शाही समूहसँग सम्झौता गरेको खबर सार्वजनिक भयो । यसले लोकतान्त्रिक शक्तिहरूलाई थप चिढ्याएको हुनुपर्छ ।

समग्रमा, नेपालमा भारतले एउटालाई उचाल्ने अर्कोलाई पछार्ने जस्ता घिनलाग्दा र अवसरवादी प्रयास गरेर कुरा यसरी बिगारेको छ कि कुनै पनि राजनीतिक शक्ति नयाँ दिल्लीको हात समात्ने इच्छा राख्दैनन् । lokaantar

The post नेपालमा वामपन्थीको जीत : भारतको हातबाट यसरी फुत्कियो नेपाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.