केकी संगै यसरी कम्मर मर्काए लालबाबुले

बिराटनगर – आउ“दो पुस २१ गतेदेखी देशभरीको सिनेमाघरहरुमा प्रदेर्शनी हुने चलचित्र ‘राज्जा रानी’ चलचित्रको प्रचारप्रसारको लागि विराटनगर – ११ बखरी चौकमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए पण्डित । जब उदघोषकले केकीलाई चलचित्रको बारेमा मन्तब्य राखिन् । त्यसपछि स्टेजमा ‘राज्जा रानी’ चलचित्रको गीत घनकिन्छ केकी चाच्न थालिन् । उनलाई साथ दिन्छन् एमाले नेता पण्डिसहित सो चलचित्रका नायक नाजिर हुसेन ।

उक्त चलचित्रको ‘छिपक छिपक के राजा जी को तस्विर… बोलको गीत मोरङ ६ बाट निर्वाचित सांसद तथा सदाचारी नेताको छवि बनाएका पण्डितले कम्मर मर्काए ।

पुरा गीत नाचेर साथ दिएका पण्डितस“ग नायिका अधिकारीले अट्रोग्राफ समेत लिन भ्याइन् । ‘अरु बेला कार्यक्रममा फ्यानलाई अटोग्राफ दिएको थिए’, केकीले भनिन्, ‘आज सादा जीवन उच्च विचार भएको नेता जी स“ग अट्रोग्राफ लिने मौका पाएको छु“ । यो अट्रोग्राफ पछिसम्म राख्नेछु“ ।’ केकीले एक हजार रुपैया“ दिएको नोटमा पण्डितले अट्रोग्राफ दिएका थिए ।

सामाजिक कथावस्तुमा आधारित सो चलचित्रको निर्देशन याम थापाले गरेका छन् । प्रेमकथाले भरिपूर्ण रहेको उक्त चलचित्र तराई पृष्ठभूमिको कथा समावेश छ । नायिका अधिकारीले भनिन्, ‘तराइको दाइजो प्रथाको कथाबस्तु चलचित्रमा समावेश गरेका छौं । तराईमा दाइजो प्रथाले गर्दा महिला हिंसा बढेको छ । यसै फेरीफेरीमा रहेर सो चलचित्र बनेको हो ।’

१ करोड २५ लाख रुपैयाँ लागतमा निमार्ण भएको चलचित्रको नेपाली र मैथीली भाषामा बनेको छ । सो चलचित्रमा लगानी भने रमेश एनके पौडेलले गरेका छन् । उक्त चलचित्रको राज्जाको भूमिका जाकिर हुसेनले गरेका छन् भने रानीको भूमिका केकी अधिकारीको रहेको छ ।

The post केकी संगै यसरी कम्मर मर्काए लालबाबुले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.