कांग्रेस सभापति देउवाको राजीनामा माग

काठमाण्डु, २३ मंसिर– पार्टीले लज्जास्पद पराजय भोग्न लागेको भन्दै कांग्रेसभित्रै असन्तुष्टिको स्वर सुनिन थालेको छ । संसदीय समिति विधानविपरीत बनाउने र टिकट बाँड्नेदेखि पार्टीका एजेन्डा प्रभावकारी नहुँदा हार बेहोर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको छ । ‘हामीले संविधान बनायौँ । अब यसको सफल कार्यान्वयन गर्नुपर्ने वेलामा पार्टी नै कमजोर बन्न पुगेको छ ।

निर्वाचनमा टिकट बाँड्ने संसदीय समिति १४ सदस्यबाट २८ सदस्यीय बनाउने र गलत मानिसलाई उम्मेदवारमा प्रोत्साहित गर्दा कांग्रेस नराम्रो गरी हार्दै छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘उम्मेदवार छनोटमा गलत मानिसलाई प्रोत्साहित गरियो । अलोकप्रियलाई प्राथमिकता दिइयो । सांसद, मन्त्री भएका अलोकप्रियलाई टिकट दिइयो । यसैले पार्टी हार्‍यो ।’

लोकप्रिय र युवा नेताको साटो पैसावालालाई टिकट दिने, समानुपातिकमा राख्नेजस्ता त्रुटि गर्दाको परिणाम निर्वाचन परिणाममा देखिएको ती नेताले बताए । ‘प्रदेश र प्रतिनिधिसभा उम्मेदवारबीच समन्वय भएन, छनोटमा पनि समन्वय भएन,’ ती नेताले भने, ‘शेरबहादुर र रामचन्द्र दाइहरूले आफ्ना पकेटका कतिपयलाई पैसा दिएरसमेत टिकट दिएको सुनियो । टिकट बाँड्ने समितिका सदस्यका श्रीमती, भाइ, भतिजा, जेठीसासू र पैसावाललाई मात्र टिकट दिने, तर लोकप्रियलाई नदिँदा कसरी जितिन्छ ?’

आफूसँगै सरकारमा रहेको माओवादीलाई एमालेले थुतेर गठबन्धन गर्दासमेत सभापतिले पत्ता पाएर रोक्न नसक्दा वाम गठबन्धन बन्नु र उनीहरूको बलमा पराजित हुँदा देउवा रणनीतिक रूपमा पनि असफल भएको अर्का एक केन्द्रीय सदस्य बताउँछन् । ‘हामीले माओवादीसँग दीर्घकालीन गठबन्धन गर्ने उद्देश्यले चितवनमा माओवादी अध्यक्षकी छोरीलाई जिताएका थियौँ, तर किन माओवादीलाई एमालेको कित्तामा जान दियौँ ?’ ती नेता भन्छन्, ‘समयअनुसार रणनीति बनाउन नसकेपछि हामी नराम्ररी पराजित हुँदै छौँ ।’

सभापतिको राजीनामासम्मको माग
कांग्रेसका अर्का एक केन्द्रीय सदस्य पार्टीले प्रभावकारी विपक्षीसमेत बन्ने गरी अपेक्षित मत ल्याउन नसक्दा सभापतिले पदबाट राजीनामा दिनुपर्ने बताउँछन् । ‘पार्टी नेतृत्वबाट गम्भीर गल्ती त्रुटि भएका छन् । अब यी गलत कदमलाई सच्याउन सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने । पार्टीको अवस्था नाजुक हुने भएपछि अब गम्भीर समीक्षा गर्नुपर्ने विषय कांग्रेसमा उठेको छ । सभापतिले राजीनामा दिएपछि केन्द्रीय महासमिति बैठक बोलाउने वा केन्द्रीय समितिबाटै भए पनि ‘फ्रेस’ नेतालाई सभापति बनाउने तर्कसमेत ती नेताले गरे ।

नयाँ पत्रिकाबाट

The post कांग्रेस सभापति देउवाको राजीनामा माग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.