अब कसैले रोक्न सक्दैन प्रत्यक्षमा वाम गठबन्धनलाई दुई तिहाई, यसरी पुग्यो दुई तिहाई

काठमाडौँ, मंसिर २३ – रातारात कुनै चमत्कार भएन र कुनै विपद आई परेन भने अब नेपालमा सबैभन्दा बलियो बहुमत सहित बाम गठबन्धनले सरकार बनाउनेछ ।

एमालेका अध्यक्ष तथा वाम गठबन्धनका चुनाव सारथी के.पी. शर्मा ओलीले मतदातासँग जसरी भोट मागेको थिए, नागरिकले ओलीको गठबन्धनलाई उनले मागे जसरी नै भोट दिएका छन् भन्ने कुरा मत परिणामले देखाउन थालेको छ ।

प्रत्यक्षतर्फको मतगणना हेर्दाप्रतिनिधिसभासदस्यमा एमाले एक्लैले ८३ स्थान जित्न सक्ने संभावना मरिसकेको छैन ।

८३ स्थान भनेको प्रत्यक्षमा एमाले एक्लैलाई बहुमत हो । माओवादी र एमालेको गठबन्धन भएपछि आएको मत बिश्लेषण गर्दा यो पालि वाम गठबन्धनस्पष्ट दुई तिहाईल्याउने दिशामा अघि बढेको देखिन थालेको छ ।

पछिल्ला मतपरिणाम अनुसारअहिलेसम्म ४२ सीटको नतिजा आएको छ । ४२ सीट गन्ती हुँदा एमालेले २५ सीट र माओवादी केन्द्रले ११ सीट जितेर ३६ सीट सुरक्षित गरिसकेका छन् ।

मत गणना भैरहेका १ सय २०क्षेत्रमा एमालले ५४ स्थानमा र माओवादी केन्द्रले २४ ठाउँमा गरि जम्मा ७८ स्थानमा अग्रता कायम राखेका छन् ।

जितेका ३६ सीट र अग्रता कायम रहेका ७८ मा जिते यो संख्या बाम गठबन्धलाई दुुई तिहाईका लागि समेत प्रचण्ड बहुमत ठहरिनेछ ।

अग्रता कायम रहेका ७८ मध्ये ७४ स्थान मात्रै जिते पनि वाम गठबन्धनले १ सय १० स्थान हासिल गर्छ । प्रत्यक्ष तर्फको चुनावमा दुई तिहाई पुुग्न जम्मा १ सय १० पुर्याउनु पर्छ । यो लक्ष पूरा गर्न अब बाम गठबन्धनलाई खासै असहज छैन ।

अहिलेसम्मका विजयी र अग्रताका सिट जोड्दा वाम गठबन्धनले कम्तीमा १ सय १० देखि बढीमा १ सय १७सीटसम्म जित्न सक्ने सम्भावना देखिन्छ ।

शनिबार दिउँसोसम्मको मतगणना चलिरहदा कांग्रेसले १८क्षेत्रमा अग्रता लिएको छ भने ५सिटमा जित हात पारेको छ ।वाम गठबन्धनले मतगणना शुरु हुन नसकेका अर्घाखाची र स्याञ्जामा पनि वाम गठबन्धनले विजय हात पार्न सक्ने सम्भावना कायमै छ ।

नै पार्टीको स्पष्ट बहुमत आएन ।

कांग्रेसले अग्रता र सीट बढाए पनि बाम गठबन्धनको मत हेर्दा प्रत्यक्षका सीटमा उनीहरुको दुुई तिहाईलाई कांग्रेसले रोक्न सक्ने संभावना र्छैन ।

सरकार चलाउन बामपन्थी गठबन्धनलाई यो पालिको चुनावले स्पष्ट बहुमत दिने संकेत प्रष्ट भैसकेको छ । समानुपातिकका १ सय १० र प्रत्यक्षका १ सय ६५ गरि अबको संसदमा २ सय ७५ सभासद रहनेछन् ।

२ सय ७५ जनाको संसदमा बहुमतको सरकार बनाउन १ सय ३८ सीट भए पुुग्छ । १ सय ३८ मध्ये १ सय १० प्रत्यक्षबाटै पुुर्याएपछि समानुपातिकबाट आउने मतले अर्को महिना प्रचण्ड बहुमत सहित बाम गठबन्धनको सरकार बन्नेछ ।

२०४८ सालमा बहुमत पाएको कांग्रेसले बहुमत थाम्न नसकेकर आफै संसद बिघटन गरेको थियो । त्यसपछिका संसदमा कहिल्यै पनि कु

तर यसपालिको चुनावपछि नेपालमा ऐतिहासिक रुपले अहिलेसम्मको सबैभन्दा बलियो बहुमतको सरकार बन्ने कुरा पनि निर्वाचनको नतिजाले स्पष्ट पारेको छ ।

The post अब कसैले रोक्न सक्दैन प्रत्यक्षमा वाम गठबन्धनलाई दुई तिहाई, यसरी पुग्यो दुई तिहाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.