रात पर्नै लाग्दा फेरी आयो दुख्द खबर :वस दुर्घटना २४ घाइते

तनहुँ । तनहुँको वन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु वस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । चितवनको नारायणगढबाट पोखरा जादै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा ८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा ११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा(१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । news24nepalबाट

The post रात पर्नै लाग्दा फेरी आयो दुख्द खबर :वस दुर्घटना २४ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.