एक स्कुले किशोरले छिमेकीकी नातिनीसँग बोल्दा ज्यान गुमाउनु परेको छ । ती छिमेकीले आफ्नी नातिनीसँग बोलेको रिसमा ती किशोरको ज्यान लिएका छन् ।
मंगलबार ती किशोरका परिवार बिहेमा गएको मौका पारेर ती छिमेकीले उनलाई बोलाएर आफ्नो घर लगी करेन्ट लगाइदिएर हत्या गरेका छन् । शिवमर नाम गरेका ती किशोरको हत्या गरेपछि ती छिमेकीले उनको लाशलाई शिवम्कै घरमा लगेर आत्महत्याको रुप दिन डोरीमा झुण्ड्याइदिए । घटनापछि आरोपी परिवार घरमा ताला लगाएर फरार भए ।
जीतन्द्र नामका ती छिमेकीले पहिले पनि शिवम्को हत्या गर्ने धम्की दिएको उनका पिताले बताएका छन् । शिवम् र जितेन्द्रकी नातिनी स्कुले हुन् र उनीहरु साथी हुन् । तर उनीहरुको मित्रतालाई जीतेन्द्रले गलत अर्थ लगाएर धम्की दिने गरेको शिवम्का पिताले बताएका छन् ।
घटना भारतको भागलपुरमा भएको हो । मृतक शिवमर ७ कक्षा र हत्या आरोपी जितेन्द्रकी नातिनी ६ कक्षाका विद्यार्थी हुन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएर आरोपीहरुको खोजी गरिरहेको छ । आरोपी जितेन्द्रसहित उनका सबै परिवार फरार छन् । डीसी नेपाल बाट
The post स्कुले केटा छिमेकी को छोरी सँग बोल्दा ….. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.