काठमाडौँमा गगन थापा र प्रकाशमान सिंह दुबै अगाडी, हेर्नुहोस् रबिन्द्र मिश्र र राजन भट्राईसँगको मतको अन्तर,

काठमाडौँ : प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस र दुई क्षेत्रमा नेकपा(एमाले) अगाडि रहेको छ । आज राति ८ बजेको मत परिणामअनुसार काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पाँच हजार ५३४, विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले चार हजार ८१२ र वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले दुई हजार ३११ मत प्राप्त गर्नुभएको क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चार हजार ३५६, काँग्रेसका उम्मेदवार दीपकप्रसाद कुईंकेलले दुई हजार २९४ र विवेकशील साझा उम्मेदवार पार्टीका सूर्यराज आचार्यले एक हजार ९०० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत अञ्जन भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले चार हजार २४६, नेपाली काँग्रेसका उम्मेदवार अम्बिका बस्नेतले तीन हजार ७५८ र विवेकशील साझाका उम्मेदवारले ८९३ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत विना खड्काले जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले छ हजार ४५१, नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईले छ हजार ३६३ र विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले ३९३ मत प्राप्त गर्नुभएको क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

The post काठमाडौँमा गगन थापा र प्रकाशमान सिंह दुबै अगाडी, हेर्नुहोस् रबिन्द्र मिश्र र राजन भट्राईसँगको मतको अन्तर, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.