लालबाबुको चुनाव खर्च १३ लाख मात्र !

३ पुस, विराटनगर । मोरङ ६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका सांसद लालबाबु पण्डितले चुनाव खर्च सार्वजनिक गरेका छन् ।

सोमबार जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाइएको चुनावी खर्च विवरणमा लालबाबुले १३ लाख १६ हजार १६८ रुपैयाँ चुनावी प्रचार प्रसारका क्रममा खर्च भएको उल्लेख गरेका छन् ।

चुनावमा उम्मेदवारले करोडौं खर्च गरिरहेको चर्चा चलिरहँदा लालबाबुले भने एकजना उम्मेदवारले कानूनी रुपमा खर्च गर्न पाउने २५ लाख रुपैयाँमा आधा खर्चमै चुनाव जितेका छन् ।

बिभिन्न १० बिधामा १३ लाख खर्च भएको विवरण पेश गरेका लालबाबुको सवारीसाधन र इन्धनमा झण्डै साढे ३ लाख खर्च भएको छ । त्यस्तै कार्यकर्ता परिचालन, प्रचार प्रसार र कार्यालय सञ्चालनमा उनले ६ लाख ७५ हजार खर्च गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरी निर्वाचन जितेका लालबाबुले मतदाता नामावली खरिद गरी फोटोकपी गर्दा १५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । त्यस्तै प्रतिनिधि परिचालनमा ६२ हजार र विविधतर्फ ८३ हजार खर्च भएको उल्लेख छ ।

चुनावी खर्च कार्यकर्ता र आफन्तबाट चन्दास्वरुप संकलन भएको लालबाबुका स्वकीय सचिव वसिम आलमले जानकारी दिए । खाडी मुलुक र अष्ट्रेलियाबाट पनि सहयोग संकलन भएको उनले जानकारी दिए । onlinekhabar

The post लालबाबुको चुनाव खर्च १३ लाख मात्र ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.