तामाको १ औँठीले तपाईलाई दिन्छ यी ८ फाइदा जान्नुहोस्, कुन औँलामा लगाउने?

ज्योतिषमा भनिएको छ कि हरेक ग्रहको अलग-अलग धातु हुन्छ । ग्रहहरूको राजा सूर्यलाई मानिन्छ र सूर्यको धातु तामा हो । हिन्दु धर्ममा सुन, चाँदी र तामा निकै पवित्र धातुहरू मानिएको छ । यही कारण हो कि पूजा-पाठमा यी धातुहरूको प्रयोग सबैभन्दा बढी गरिन्छ । साथै यसको औँठी पनि अत्यधिक मानिसले लगाउँछन् । तर यसलाई लगाउने तरिका पनि ध्यान राख्न निकै आवश्यक हुन्छ । यसकारण तामाको औँठी लगाउनुको अत्यन्त महत्वपूर्ण फाइदाहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

१- तामाको औँठी रिंग फिंगरमा लगाउनु पर्दछ । यसबाट कुण्डलीमा सूर्यको दोषको असर कम हुनसक्छ ।

२-सूर्यको साथै तामाको औँठीले मंगलको अशुभ असर पनि कम हुनसक्छ ।

३-तामाको औँठीले सूर्यको बल बढाउँछ, जसबाट हामीलाई सूर्य देवको कृपाले घर-परिवार र समाजमा मान-सम्मान मिल्छ ।

४-तामाको औँठी लगातर हाम्रो शरीरको सम्पर्कमा रहन्छ । जसले तामाको औषधीय गुण शरीरलाई मिल्छ । यसबाट रगत सफा हुनुको साथै अन्य थुप्रै किसिमको स्वास्थ्य लाभ मिल्छ ।

५-जुन प्रकार तामाको भाँडामा राखिएको पानी स्वास्थ्यलाई लाभ पुर्याउँछ, त्यसैगरी तामाको औँठी पनि फाइदाजनक हुन्छ ।

६-तामाको औँठीको असरले पेट सँग सम्बन्धित रोगहरूबाट आराम दिलाउन सक्छ ।

७-तामा लगातर त्वचाको सम्पर्कमा रहन्छ, जसले त्वचाको चमक बढाउँछ ।

८-आयुर्वेदका अनुसार तामाको भाँडाको उपयोग गर्नाले हाम्रो रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । यही लाभ तामाको औँठी लगाउँदा पनि प्राप्त हुन्छ ।

The post तामाको १ औँठीले तपाईलाई दिन्छ यी ८ फाइदा जान्नुहोस्, कुन औँलामा लगाउने? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.