चुनाव हारेर निराश बनेका वामदेवलाई ओलीले राष्ट्रपति बनाउने

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका नेता एवम् सिँचाईमन्त्री सञ्जय गौतमसँग पराजित भएका छन् । वामदेवको पराजयसँगै वाम गठबन्धनमा अहिले ठूलो हल्लीखल्ली मच्चिएको । उनको पराजयले पार्टीभित्र ठूलो चोट पुगेको एमाले निकट सूत्रहरुले जनाएको छ ।

वाम गठबन्धन निर्माणका प्रमुख सूत्रधार गौतमको पराजयले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ । उनको पराजयमा आश्चर्य मान्नेहरुको कुनै कमी छैन् । गौतमलाई कसरी महत्वपूर्ण पदमा पुर्याउने भन्नेबारे गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।

वामदेवको चाहना बुझेरमात्रै सोही अनुसारको कदम चाल्ने तयारी गरेका नेताद्धय ओली र प्रचण्डले उनलाई राष्ट्रपति बनाएर ‘सरप्राईज–गिफ्ट’ दिने गृहकार्य गरेका छन् । गौतमले पनि राष्ट्रपतिको अफर आए तत्काल रिजेक्ट गर्ने अवस्था छैन ।

पार्टीको विधान अनुसार उनी अब पार्टी नेतृत्वमा पुग्ने अवस्था छैन । उनी उमेरहदका कारणपनि अध्यक्ष बन्न नसक्ने ठम्याई छ । सोही कारण वामदेवको पहिलो ‘टार्गेट’ अब राष्ट्रपति हुने बुझिएको छ । तर, तत्काल माओवादी केन्द्रसँग पार्टी एकता नभए उनी पार्टीको कार्यकारी पदमा रहेर काम गर्ने मनस्थितिमा पनि छन् । सूत्रहरुले दिएको जानकारी अनुसार अब पार्टी अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ ।

ओली प्रधानमन्त्री, बामदेव कार्यकारी अध्यक्ष !

ओलीले सरकारको नेतृत्व गर्दा उनले पार्टीको नेतृत्व गर्नसक्ने पार्टीभित्रकै शीर्ष नेताहरुको बुझाई छ । स्रोतको दाबी छ,‘शीर्ष नेताहरुवीच कुरा मिल्छ, वाम गठबन्धन बनाउने सूत्रधारको रुपमा रहनुभएको बामदेवजीलाई कुनै न कुनै माध्यमले सेटल गराईन्छ, उहाँलाई खुशी पार्ने काम नेताद्धय ओली र प्रचण्डजीले गर्नुहुन्छ।’

राष्ट्रिय सभामा आउनपनि सक्ने !

गौतमले यी माथि उल्लेखित दुवै अफर नस्विकारे राष्ट्रिय सभामा समेत उनलाई लैजान सकिन्छ । के बन्ने भन्ने कुराको बल अब बामदेवकै चाहनाको कोर्टमा छ ।
अर्थात, गौतमलाई जसरीपनि प्रतिनिधि सभामा ल्याउने हो भने निर्वाचित कुनै एक सांसदले राजिनामा दिने र उक्त क्षेत्रमा पूनः निर्वाचन गराउने र उम्मेद्धवार बन्ने संभावनापनि जिवितै रहेको छ । रिपोर्टर्स

The post चुनाव हारेर निराश बनेका वामदेवलाई ओलीले राष्ट्रपति बनाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.