रुदै रुदै भोट माग्न घरदैलोमा पुगिन प्रचन्ड बुहारी बिना मगर …

कञ्चनपुर-उम्मेदवारले भोट माग्न घरदैलोमा पुग्दा मतदाताले के भन्लान ? प्रायः सबै मतदाताले नयाँ उम्मेदवार भए ‘यो चाहियो, त्यो चाहियो, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ’ भनिरहेका छन भने पुराना उम्मेदवार भए गुनासोसँगै आलोचना गरिरहेका भेटिन्छन् ।

तर, कञ्चनपुर निर्वाचन क्षेत्र नं।१ मा भने भिन्नै चुनावी माहोल छ । प्रतिनिधिसभा उम्मेदवार बिना मगर घरदैलोमा पुग्दा मतदाताले केही माग गरिरहेका छैनन्, बरु सान्त्वना र ढाडस दिने गरेका छन् । “आफूलाई समाल्नु । यहाँ नआएको भए पनि हुन्थ्यो, भोट दिइहाल्थ्यौं” पुर्नवास नगरपालिका–२ अमरैयाको चुनावी सभामा आएकी बृद्धा लक्ष्मी जोशीले भनिन् ।

चुनावी सभामा वाम गठबन्धनबाट नेकपा ९एमाले०का प्रदेशसभा उम्मेदवार तारा लामा तामाङलाई सयपत्रीको माला पहिराएकी उनी मगरसँग धेरै बोल्न सकिनन् । छिटछिटो महिलाहरुको बीचमा फर्किएर रुन थालिन् । “नातागोता की त होइनन्, यहिँकी हो, हाम्रै छोरी हो” उनले भनिन्, “छोरीलाई सेतो लुगामा कसैले देख्न सक्दैनन् ।”

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार मगरका पति प्रकाश दाहालको ३ मंसिरमा मृत्यु भएको थियो । उनी सेतो सल ओढेरै ९ मंसिरदेखि पुनः चुनावी अभियानमा सहभागि भइरहेकी छन् । घरदैलो र चुनावी सभाहरुलाई सम्बोधन गरिरहेकी मगरसँग मतदाताहरुले अन्य उम्मेदवारलाई जस्तो माग र गुनासो गरिरहेका छैनन् ।

उनलाई सान्त्वना र ढाडस दिदै क्षेत्र नं १ का बासिन्दा चुनावी सभाहरुमा सहभागि भइरहेका छन् । दैनिक दश÷बाह्र गाउँ–टोलमा घरदैलो तथा चुनावी सभा गरिरहेकी मगरलाई भेट्दा महिला मतदाताले बोलचाल गरिरहेका भएपनि पुरुष मतादता भने चुपचाप रहन्छन् । “उहाँले बोल्दा भक्कानो छुट्छ, बोल्नै सकिदैन” बेलौरीका महेश बिष्ट भन्छन् ।

यस अघि लामो भाषण गर्ने उनी पनि चार(पाँच मिनेटमै आफ्नो भनाइ टुङ्ग्याउने गरेकी छन् । “मेरो स्वास्थ्य अवस्था पनि ठीक भइसकेको छैन, धेरै बोल्न सकिराखेकी छैन् । चुनाव पछि यहाँहरुसँग बसेर यस क्षेत्रको विकासका लागि छलफल गरौला । भोट दिनुहोला” बेलौरीमा आयोजित चुनावी सभामा यति बोल्दा सबै चुपचाप लागे । केही बेरको मौनतापछि गडगड ताली बजाइरहे ।

बेल्डाडी र लालझाडी गाउँपालिका तथा बेलौरी नगरपालिकामा चुनावी सभाहरु सकेर पुर्नवास नगरपालिकामा घरदैलो र चुनावी सभामा केन्द्रित भइरहेकी मगर उत्साहित बनेकी छन् । अभियानका क्रममा स्थानीय बासिन्दाले देखाएको मायाले साहस बढेको उनले बताइन् । “यस्तो पीडाको समयमा आफ्नै छोरी सम्झेर यहाँका बासिन्दाले माया गरेका छन्, आत्मबल भरिदिएका छन्” प्रतिनिधिसभा उम्मेदवार मगर भन्छिन, “अहिलेसम्म पनि यस क्षेत्रकै विकासका लागि क्रियाशिल थिए, अब मेरो जीवन यहाँकै बासिन्दाको सेवामा समर्पित गर्नेछु ।”

यस क्षेत्रमा नेपाली कांग्रेसका दिवानसिंह बिष्ट र राष्ट्रिय जनमोर्चाका लोकेन्द्र लम्साल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी नेकपा ९एमाले०का लालबहादुर विश्वकर्मालाई पराजित गर्दै कांग्रेस उम्मेदवार बिष्ट यहि क्षेत्रबाट निर्वाचित भएका थिए । टिकट नपाउदा असन्तुष्ट बनेका विश्वकर्मा पनि ९ मंसिरयता भने मगरसँगै चुनावी अभियानमा सहभागि भइरहेका छन् ।

यस क्षेत्रबाट प्रदेशसभामा वाम गठबन्धनबाट एमालेका तारा लामा तामाङ र कुलविर चौधरी तथा कांग्रेसबाट गोपाल गुरुङ र रामलाल राना प्रतिस्पर्धी छन् ।
नारी खबर बाट

The post रुदै रुदै भोट माग्न घरदैलोमा पुगिन प्रचन्ड बुहारी बिना मगर … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.