वर्षकै सबैभन्दा बलकबस्टर बन्यो ‘टाइगर जिन्दा है’, एक दिनमै यती धेरै कमाई गर्‍यो

मुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानको पछिल्लो फिल्म ‘ट्युवलाइट’बाट निराश भएका दर्शकले शुक्रबारबाट प्रदर्शनमा आएको ‘टाइगर जिन्दा है’ लाई मन पराएका छन् । सलमान खान र कटरिना कैफको मुख्य भूमिका रहेको यो फिल्म पहिलो दिनमा नै दर्शकको मन जितको छ ।

यो कुरा हामी मात्रै होइन व्यापार अर्थात कमाईको रेकर्डले बोलिरहेको छ । वर्ष २०१७ को अन्तिम फिल्म ‘टाइगर जिन्दा है’ले पहिलो दिनमै अनपेक्षित रेकर्ड कायम गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘टाइगर जिन्दा है’ले पहिलो दिन बक्स अफिसमा मात्रै ३८ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, विश्वभरको आँकडा हेर्ने हो भने ६५ करोडभन्दा बढी कमाई गरेको छ । यो तथ्यांकसँगै बलिउडमा ‘टाइगर जिन्दा है’ पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

यसअघि फिल्म ‘गोलमाल अगेन’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड १४ लाख रुपैयाँको कारोबार गरेको थियो ।
‘टाइगर जिन्दा है’ भारतमा मात्रै करिब ८० प्रतिशत बुकिंगका साथ ओपनिङ भएको छ । त्यस्तै, ओभरसिजमा पनि फिल्मले जबरजस्त ओपनिंग गरेको छ । फिल्मले अष्ट्रेलियामा २४ स्क्रीन्समा रिलिज भएको छ र यसले करिब पहिलो दिन १.०१ करोड रुपैयाँ कमाएको छ ।

त्यस्तै, न्यूजिल्याण्डमा फिल्म १९ स्क्रीन्समा रिलिज भएको छ । जहाँ करिब ३८.५४ लाख रुपैयाँ कमाई गरेको छ । नेपालमा पनि पहिलो दिन करिब १ करोडको कारोबार भएको अनुमान गरिएको छ । ‘टाइगर जिन्दा है’ले नेपालमा प्राय सबै हल पाएको छ ।

‘टाइगर जिन्दा है’ २२ डिसेम्बर अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको थियो । यो फिल्मले यसवर्षका सबै रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्ने विश्वास गरिएको छ । फिल्मको प्रदर्शनसँगै हलहरुमा दर्शकको घुइँचो लागेको छ ।

The post वर्षकै सबैभन्दा बलकबस्टर बन्यो ‘टाइगर जिन्दा है’, एक दिनमै यती धेरै कमाई गर्‍यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.