शिक्षकको कुटाइबाट १४ वर्षीया छात्राको ढाडको लिगामेन्ट च्यातिए पछि अस्पतालमा भर्ना

सुनसरी । झापाको दमकस्थित एउटा विद्यालयमा १४ बर्षिया छात्रालाई शिक्षकले निर्मतापूर्वक कुटपिट गरेका छन् । दमक ६ स्थित गायत्री विद्यापिठ वोर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला घाइते भएकी छन् ।

पीडित बालिका कुसुमले गएको मंसिर २७ गते शिक्षकले सोधेका प्रश्नको उत्तर नजान्दा आफूलाई सरले सुरुमा पिठ्यूमा मुड्की मुड्कीले हानेको बताइन् । त्यसपछि कपाल समातेर बेन्चमा ठोक्याइदिदाँ दुखेर खप्नै नसकेको बालिकाको भनाइ छ ।

कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट (हड्डि जोड्ने तन्तु) च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको बालिकाका बुबा अच्युत निरौलाले बताए ।

दमकमा परिवारजनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बुबा अच्यूतले कुसुमलाई यसअघि पनि यातना दिने गरिएको गुनासो गरे ।

बालिकाको बुबाले घटनाको उचित छानविन गरि न्याय दिलाइदिन माग गर्दै भने – ‘अन्य बालबालिकाले समेत आफूहरू लाई यसखाले यातना दिने गरिएको जनाएकाले यातना दिने शिक्षक तथा विद्यालय प्रशासनमाथि नैै कडा कारवाही हुनुपर्छ’।

कुटपिटबाट घाइते बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको परिवारले प्रहरीमा उजुरी गरेपछि कुसुममाथि निर्घात यातना दिने भूटान घर भएका शिक्षक दुतराजलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

थप यो भिडियो हेर्नुस् ।

The post शिक्षकको कुटाइबाट १४ वर्षीया छात्राको ढाडको लिगामेन्ट च्यातिए पछि अस्पतालमा भर्ना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.