प्याड प्रयोग गर्दा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु

मासिक श्राव भएको बेला मा बाहिर हिँडडुल गर्न निकै गार्हो काम हुन्छ । यस अवस्थामा महिला हरु सकेसम्म घरबाहिर निस्कन नपरोस् भन्ने चाहन्छन । किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन ।त्यसैले दिनचर्या असजिलो बनाइदिन्छ । काममा ध्यान केन्द्रित गराउन सकिादैन ।

लामो समयसम्म प्याड प्रयोग गर्नु असजिलो मात्र होइन, अस्वस्थ्यकर पनि मानिन्छ । त्यसैले यी अवस्थामा प्याड प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्छ ।

नेपकिनको गुणस्तर अलिकति पैसा बचाउनका लागि कुनै पनि लोकल प्याडकिन्ने गल्ति नगरौं । किनकी यो स्वास्थ्यको मामला हो । गुणस्तरहिन नेपकिनले दाग लाग्ने डर मात्र हुने होइन कि संक्रमण पनि हुन सक्छ । त्यसैले राम्रो गुणस्तरको ब्रान्डेड प्याडनै प्रयोग गर्नु उचित हुन्छ । भलै यसका लागि अतिरिक्त पैसा खर्च गर्नु किन नपरोस ।

२-३ घन्टामा प्याडफेर्ने प्याड जोगाउने चक्करमा कतिले दिनभरि नै एउटै प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गल्ति कदापी नगर्नुस । यसबाट इन्फेक्सन हुन सक्छ । अधिक रक्तस्राव हुने महिनावारीको पहिलो र दोस्रो दिन २ देखि ३ घन्टाको बीचमा प्याड फेर्नु जरुरी छ ।

ठूलो साइजको नेपकिनको प्रयोग बजारमा अचेल नेपकिनका कति ब्रान्ड र विकल्पहरु उपलब्ध छन् । तर, सँधै एक्स्ट्रा लार्ज प्याडनै किन्ने गर्नुस । बढि लामो नेपकिनले बढि सोस्नुका साथै दाग लाग्ने डर पनि हुँदैन ।

छालालाई ध्यानमा राखेर छान्नुस ब्रान्ड हरेकलाई हरेक ब्रान्डको प्याडसुट हुनुपर्छ भन्ने छैन । त्यसैले पहिलोपटक कुनै पनि ब्रान्डको ठूलो प्याकेट किन्नुभन्दा सानो प्याकेट किनेर प्रयोग गर्नुस र त्यसले आफूलाई सुट गर्छ कि गर्दैन हेर्नुस । यदि ठिक भयो भने भइहाल्यो । यदि यसबाट तपाईंलाई चिलाउने समस्या भयो भने दोहोर्‍याएर यो ब्रान्ड प्रयोग नै नगरौं ।

सफासुग्घर हुनु जरुरी महिनावारीका दौरान सफाईमा अत्यधिक ध्यान दिनुपर्छ । कुनै प्रकारको लापरवाहीले इन्फेक्सनको खतरा बढ्न सक्छ । त्यसैले आफ्नो गोप्य अंगलाई राम्रोसँग सफा गर्नुस ताकि कुनै प्रकारको स्किनको समस्या नहोस ।

The post प्याड प्रयोग गर्दा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.