जल शाहले यसरी गरिन आमा प्रेमाको अन्त्यष्टि
नायिका जल शाहकी आमा एवं साहित्यकार प्रेमा शाहको अन्त्येष्टी गरिएको छ । बिहीबार बिहान अमेरिकामा निधन भएको उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान दिईएको छ ।
‘पहेँलो गुलाफ’, ‘विषयान्तर’, ‘मन्टुको बजैको कथाको पेटारो’ (बालकथा संग्रह),जस्तो कृति दिएर चर्चामा आएकी प्रेमाको पार्थिव शरीरमा जल शाहले दागबत्ती दिएकी हुन्
करीब आधा दशक अघीको परम्परागत नेपाली समाजमा आफ्नो कलम मार्फत नारी स्वतन्त्रता र सक्षमताको आवाज बुलन्द परेकी उनको कृतिहरुमा यौनभाव झल्कने गर्थे ।
यस्तै उनी नेपालमा पहिलो पटक १० जना मिलेर लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को लेखक मध्ये एक हुन । उनले उपन्यास मम्मी २०४० सालमा प्रकाशित भएको थियो ।
उनले २०४५ सालमा मैनाली कथा पुरस्कार तथा २०५९ मा मैना कथा पुरस्कार पाएकी थिइन् ।
The post जल शाहले यसरी गरिन आमा प्रेमाको अन्त्यष्टि appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.