कांग्रेसले कसलाई बनाउँछ संसदीय दलको नेता ? चारजनाको नाम चर्चामा

काठमाडौं, २५ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छ । अझै केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचनको अन्तिम मत परिणाम आउनु अघि कांग्रेसभित्र संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयले बहस पाउन थालेको छ ।

यसअघि संसदीय दलको नेता बनिसकेका पार्टी सभापति शेरबहादुर देउवा पनि प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोर्नु परेको क्षति नेतृत्वको कमजोरीले रहेको निष्कर्ष निकाल्दै केही नेताले देउवाको विकल्पमा जानु पर्ने बताएका छन् । तर, उनको सम्भवान अस्वीकार गर्ने अवस्था भने छैन । पार्टी सभापति रहेका देउवा यसअघि संसदीयको नेता भइसकेका छन्, भने हाल प्रधानमन्त्री रहेका छन् । जसले दलको नेता बन्ने अवस्थाबाट देउवा अलग नरहेको कांग्रेसका नेताहरु भन्छन् ।

यस्तै, देउवापछि प्रकाशमान सिंह, शशांक कोइराला, मिनेन्द्र रिजाल र गगन थापाको नाम संसदीय दलको सम्भावित नेताको रुपमा चर्चा चलेको छ । सिंह र कोइराला आफू भावी संसदीय दलको नेता बन्नु पर्ने विचारमा छन् भने पार्टी कार्यकर्ताबाट युवा नेता गगन थापालाई बनाउनु पर्ने दबाब आउन थालेको छ ।

संसदमा सशक्त प्रतिपक्षको भूमिका निभाउनु पर्ने कांग्रेसको प्रभाव भावी नेताको क्षमतामा निर्भर रहने हुँदा दलको नेता ‘को’ बन्ने भन्ने अहिले आम चासोको रुपमा देखिएको छ । medianp बाट

The post कांग्रेसले कसलाई बनाउँछ संसदीय दलको नेता ? चारजनाको नाम चर्चामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.