बिराट र अनुष्काको बिहेमा क-कसलाई निम्तो ?

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विहेको चर्चा उत्कर्षमा छ । खबर अनुसार यसै महिना उनीहरु पति-पत्नी बन्ने छन् ।

सूत्रका अनुसार कोहलीले बिहेमा धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिएका छैनन् । उनका केही खास साथीहरु र परिवारका सदस्य मात्रै वैवाहिक समारोहमा उपस्थित हुने बताइएको छ ।

भारतीय क्रिकेट टिम १० डिसेम्बरबाट श्रीलंकाविरुद्ध वान डे सिरिजमा व्यस्त रहनेछ । यस्तोमा टिमका कुनै पनि खेलाडी बिराटको बिहेमा उपस्थित हुने सम्भावना झिनो छ । यद्यपि, बिराटले सचिन तेन्दुलकर युवराज सिंहलाई आफ्नो बिहेमा उपस्थित हुन निम्तो दिएका छन् । यसका अलावा उनले आफ्नो बाल्यकालका कोच राजकुमार शर्मालाई पनि डाकेका छन् ।

यता अनुष्काले पनि आफ्ना केही छिमेकी, आफन्त र साथीभाईलाई बिहेको निम्तो दिइसकेको बुझिएको छ । उनले बलिउडका सिमित साथीहरुलाई मात्र बोलाएकी छिन् । उनको निमन्त्रणा सुचीमा शाहरुख खान, आमिर खान, आदित्य चोपडा, करण जौहर, रणवीर कपूर, कट्रिना कैफ र मनीष शर्मालाई बोलाएकी छन् । तर सुपरस्टार सलमान खानलाई भने अनुष्काले बोलाएकी छैनन् ।

अहिले बिराट र अनुष्का दुवैले आआफ्नो कामबाट छुट्टी लिएका छन् र उनीहरु परिवारसहित इटालीतिर लागेका छन् । बिहिबार अनुष्का आफ्नो परिवारका साथ स्विस एयरवेजको फ्लाइटमा र बिराट दिल्लीबाट उडेका हुन् । इटालीमा नै १२ डिसेम्बरमा उनीहरुले बिहे गर्ने अनुमान गरिएको छ । यद्यपि, अनुष्का र बिराट दुवैले बिहेको औपचारिक पुष्टि गरेका छैनन् ।

बिराट र अनुष्का विगत ४ वर्षदेखि डेट गरिरहेका छन् । यसअघि पनि पटक-पटक उनीहरुले बिहे गर्ने चर्चा चलेका थिए, तर ती चर्चा असत्य सावित भए ।

The post बिराट र अनुष्काको बिहेमा क-कसलाई निम्तो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.