श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा…

रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए । बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए । उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा कोठामा थुनिदिए ।

भारतको बिहार कटिहार जिल्लामा यस्तो विचित्रको घटना भएको हो । मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रेम सम्बन्ध चलिरहेको बताइएको छ । मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अबका दिनमा यस्तो नगर्ने चेतावनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।

मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रेमीलाई घरमै बोलाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रेमी मासूम उनको बेडरुममै पुगेका थिए । त्यही बेला उनका श्रीमान्ले ढोका ढक्ढक्याए । डराएका मासुम बेडमुनि लुके । तर मंसुरलाई निद्रा लागेन । त्यही कारण बेडमुनि सुतेका मासूम पनि भाग्न पाएनन् । घटनापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।

The post श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.