फेरी घट्यो कुखुराको मासुको मूल्य

फेरी घट्यो कुखुराको मासुको मूल्य नारायणगढ, उत्पादन धेरै भएपछि कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले नै कुखुराको मूल्यमा गिरावट आएको भनी सूचना प्रकाशित गरेको छ । चितवनमा पनि यसको प्रभाव परेको कुखुरा व्यवसायी मञ्च चितवनले जानकारी दिएको छ । चितवनसहित देशैभरी मासु खाने कुखुरा ब्रोइलरको उत्पादन धेरै भएकाले यसको मासुको मूल्यमा गिरावट आएको मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले जानकारी दिए ।

‘केन्द्रबाट नै मासुको मूल्य घटाएर सूचना प्रकाशित गरेपछि यही नियम लागू गर्नुपर्ने हुन्छ’ उनले भने ‘खुद्रा मासुको मूल्य अहिले प्रति केजी रु २५० रहेको छ ।’ चितवनमा केही दिन अगाडि मात्र प्रति केजी २८० मूल्य कायम रहेको थियो । कार्यालयका अनुसार मूल्य अहिले घट्ने समय नभइ उत्पादन उच्च भएकै कारण मूल्यमा गिरावट आएपछि यसको प्रत्यक्ष मार किसानलाई पर्ने जनाएको छ ।

प्रति केजी २८० रुपैयाँमा बिक्री गर्दा पनि किसानलाई लागत मूल्य उठाउन मुस्किल परेको समयमा अझ मूल्य घट्दा समस्या पर्ने कार्यकारी निर्देशक बरालले बताए । जिल्लामा दैनिक ७० हजार केजी मासु उत्पादन हुँदै आएको थियो । यसमा वृद्धि भएर दैनिक ८० देखि ९० हजार केजी मासु उत्पादन भएको हुन सक्ने अनुमान गरिएको बरालकोे भनाइ छ । उनले भने ‘हामी केही दिन भित्रै कती मात्रामा मासु उत्पादन भएको विवरण सार्वजनिक गर्ने छौं ।

कार्यालयका अनुसार अण्डाको मूल्य अहिले एक क्रेटको रु ३१५ रुपैयाँ रहेको छ । यो मूल्य एक महिनादेखि स्थिर रहेको छ । अण्डाको मूल्यमा पनि फेरबदल आइरहने उनले बताए । जिल्लामा अहिले दैनिक १० लाखवटा अण्डा उत्पादन हँुदै आएको छ । कुखुरा र कुखुराजन्य सामग्री उत्पादनको लागि चितवन अग्रणी जिल्ला हो । यही क्षेत्रमा अर्बांै लगानी भएको व्यवसायीहरुले बताएका छन् । बेलाबेलामा हुने मूल्यको गिरावटले किसानलाई असर पर्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

source:america nepal

The post फेरी घट्यो कुखुराको मासुको मूल्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.