डिआईजी खनाल ले गरे अहिले सम्मकै ठुलो कारबाही, प्रहरी प्रशासन भित्रै ठुलो हलचल

काठमाडौं, १५ मंसिर । घुस दिएर कारबाहीबाट उन्मुक्ति पाउन प्रयासमा लागेका चालकहरु ट्राफिक प्रहरीको फन्दामा परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस दिने सात जना चालकलाई पक्राउ गरी कारबाही गरेको छ ।ट्राफिक प्रहरीमा शुद्धीकरण अभियान अन्तर्गत डिआईजी सर्वेन्द्र खनालले अभियाननै चलाएका छन् । उनले गत महिना नागढुङगा र कलंकीमा कार्यरत तीन दर्जन ट्राफिक प्रहरीलाई एकैपटक कारबाही गरेका हुन् ।ट्राफिक प्रहरीले घुस खाएको भनेर आरोपहरू लागिरहेका बेला डिआईजी खनालले घुस्याहा प्रहरी र चालकहरूलाई कारबाही गरेका हुन् ।

को-को परे कारबाहीमा ?

– मिति २०७४/०७/१३ गते ट्याक्सी चेक जाँचको क्रममा बालाजुस्थित सडक खण्डमा बा ६ च ६४०९ नं. को निजी कार चालक नुवाकोट बस्ने दिलिप कु. रिजालले प्रयोजन विपरीत कसुरमा ९०० दिएको ।मिति २०७४/०७/२६ गते तिनकुनेस्थित सडक खण्डमा बा २ ख ७०१५ नं.को भाडा बस चालक मोरङ शनिश्चरे बस्ने बर्ष ३५ को कृष्ण धिमालले साथमा कागज पत्र नभएको र लेन कारवाहीको कसुरमा रु २०० दिएको ।

– मिति २०७४/०८/१० गते भद्रकालीस्थित सडकमा बा ७७ प ६१०६ नं को स्कुटर चालक टोखा न.पा. ३ घर भएको बर्ष २७ को मिलन सुर्खेतीले लेन कारवाहीमा पर्दा रु ५०० दिएको । मिति २०७४/०८/११ गते चावहिलस्थित सडक खण्डमा बा ४ ख ४५५५ नं.को भाडा बस चालक सिन्धुली बस्ने विश्वास श्रेष्ठले स.द.कि.साथमा नभएको कसुरमा रु ५०० दिएको ।

– मिति २०७४/०८/१२ गते नयाँबसपार्कस्थित रात्रीकालीन चेकिङमा बा ६४ प ७८२७ नं. को स्कुटर चालक रामेछाप लखनपुर बस्ने बर्ष २३ को मेजर सिंह तामाङले कागज पत्र साथमा नभएको कसुरमा रु ५०० दिएको मिति २०७४/०८/१२ गते कोटेश्वरस्थित सडकमा बा २७ प २२०१ नं.को मो.सा. चालक सिन्धुली १३ बस्ने बर्ष ३२ को थिर कु. तामाङको स.चा.अ.प साथमा नभएको कसुरमा रु २०० दिएको ।स्रोत: ट्राफिक महाशाखा

The post डिआईजी खनाल ले गरे अहिले सम्मकै ठुलो कारबाही, प्रहरी प्रशासन भित्रै ठुलो हलचल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.