म्यान्मारमा ६ हजार ७०० जना रोहिंग्या मुसलमान मारिएको खुलासा…

यांगुन, मंसिर २८ । म्यान्मारको सेनाले गएको अगष्ट महिनामा रोहिंग्या मुसलमान समुदायविरुद्ध सन्चालन गरेको कारवाहीमा कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।सेनाले गएको अगष्ट महिनामा कम्तीमा पनि ६ हजार ७०० जना मारिएका घटनालाई म्यानमारमा रोहिंग्याविरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिकासहितका नागरिकको मृत्यु भएको आशंका यसअघि नै गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिंग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर, म्यानमारले भने स्वीकार गरेको थिएन ।बिहीबार ‘डाक्टर विदाउट बोर्डरर्स, एमएसएफ’ले सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा सार्वजनिक भएको हो । नागरिकमाथि सैनिकले ज्यादति गरेको कुरा पनि सो प्रतिवेदनमा लेखिएको छ ।त्यस कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको पनि संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा दुई महिनामात्र अघि जनाइएको छ ।

रोहिंग्या समुदायकै नागरिकलाई लक्ष्य गरेर सो हिंसा भएको उक्त प्रतिवेदनमा जनाइएको छ । गएको अगष्ट २५ बाट उनीहरु विरुद्धको कारबाही थप आक्रामक बन्दा उनीहरु भागेर म्यानमार प्रवेश गरेका थिए ।रखाइन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि छन् । त्यस्तै, महिलामाथि पनि ज्यादति भएको थियो ।म्यानमारमा राखिन राज्यमा सेनाले गरेको ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा ती मानिसको हत्या भएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

अल्पसंख्यक मुसलमानमाथि म्यान्मारका सुरक्षाकर्मी तथा गैरसैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतंक सिर्जना गर्ने र प्रतिकार गर्ने नागरिकका परिवारजनमाथि हिंसात्मक कारवाही गरिएको सो संस्थाले जनाएको छ ।बंगलादेशको शरणार्थी शिविरमा रहेका ११ हजारभन्दा बढी शरणार्थीमा यस विषयमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको समाचारमा जनाइएको छ ।अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आफुहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एक अधिकारीले म्यानमारमा अल्पसंख्यक आदिवासी मुसलमान समुदायलाई रखाइन राज्यबाट हटाउने अभिप्रायले सो कारवाही चलाएको जनाएका छन् ।यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बंगलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् ।

The post म्यान्मारमा ६ हजार ७०० जना रोहिंग्या मुसलमान मारिएको खुलासा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.