उपत्यकामा सर्वेन्द्र खनालले ल्याए नयाँ नियम, ड्राइभरदेखि यात्रुसम्म उत्साहित

उपत्यकामा सर्वेन्द्र खनालले ल्याए नयाँ नियम, ड्राइभरदेखि यात्रुसम्म उत्साहित

– अच्युत रेग्मी काठमाडौँ, २ पुस । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।

सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।

महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् ।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।

बूढानीलकण्ठ–एनएसी मार्गका माइक्रोबस चालक विवेक तामाङ लाम बस्ने व्यवस्थाले आफूहरुलाई मानिस उकाल्न तथा ओराल्न सहज हुने बताउनुहुन्छ । “मानिस ओर्लन पाएको छैन यात्रुलाई चढ्न हतार हुँदा मानिस ठेलमठेल गर्न पुग्छन्, कोही त घाइते पनि हुन्छन्,”, उहाँले भन्नुभयो ।

यस्तै एनएसी– गोँगबु मार्गका माइक्रोबस चालक रुद्र खड्का लाम बसेर चढ्ने बानी बसाल्दा सवारी चालक तथा सहचालकलाई काम गर्न सहज हुने स्पष्ट गर्नुहुन्छ । “मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ,”, उहाँले भन्नुभयो ।

एनएसीबाट बूढानीलकण्ठ जान लाग्नुभएकी राधिका सापकोटा बस कहाँ पाइन्छ भन्नेबारे सूचनापाटी नराख्दा अन्योलमा परेको गुनासो गर्नुहुन्छ । “लाइन त बस्ने भनियो, कुन रुटको गाडी कुन ठाउँमा पाइन्छ भन्नेबारे हामीले कसरी थाहा पाउनू”, उहाँले भन्नुभयो ।

यी केवल प्रतिनिधि पात्र मात्र हुन् । धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन् । केही महिना अगाडि मात्र काठमाडौँ खरीबोट– वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो । उक्त कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुहुन्छ । “यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । शुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उहाँको भनाइ छ ।

सो अभियानलाई सहयोग पु-याउन महाशाखाले स्काउट र स्वयम्सेवकसमेत परिचालन गर्नेछ । नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौँ उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ । उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ । – रासस

The post उपत्यकामा सर्वेन्द्र खनालले ल्याए नयाँ नियम, ड्राइभरदेखि यात्रुसम्म उत्साहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.