अनमोल केसी बोले झरना थापा बिरुद्ध, भन्छन् ५० लाख अफर गर्ने धेरै निर्माता निर्देशकहरु छन्

चलचित्र कृ को ट्रेलर रिलिज भएसँगै अनमोल केसीको नामले फेरी टाइम लाइनमा भरिएको छ । चार फिल्मबाट आफूलाई सुपरस्टारको रुपमा उभ्याएका अनमोल झन्डै डेढ वर्षपछि फिल्म कृ मार्फत ठूलो पर्दामा फर्किदैछन् । माघ २६ गतेलाई ुकृुको रिलिज कन्फर्म गरिएको छ ।

पैसाको लोभमा भन्दा पनि राम्रो कथा भेटेमात्र फिल्म साइन गर्ने अनमोललाई केहीदिन यता नेपाली निर्माताहरुले ५० लाखसम्म अफर गरेको चर्चा सिनेवृतमा छ । झरना थापाका श्रीमान सुनिल कुमार थापा, छविराज ओझाका छोरा साकार ओझा, निर्देशक सिमोस सुनुवार, सुरेन्द्र पौडेल लगायतका निर्माता तथा निर्देशकले अनमोललाई ५० लाखसहित फिल्म अफर गरेका थिए ।

अनमोलले भने, ‘हो, म सधै यस्ता कुराहरुमा मौन नै रहने गर्छु । मलाई के लाग्छ भने म आफू कामले प्रमाणित गर्न चाहन्छु । पैसा मेरो लागि फिल्मको कथा वस्तुभन्दा ठूलो होइन । यदी पैसाकै लागि मैले फिल्म गर्ने भए एक वर्षमा मेरो एउटा मात्र फिल्म हलमा आउँदैन थियो ।’

उनले अगाडि भने, ‘मलाई कथा नै मन पर्नुपर्छ । बजारमा मलाई ५० लाख अफर गरिएको खबर आएको थियो त्यो सत्य हो । अझै पनि ४ र ५ जना व्यक्ति ५० लाखको अफरसहित आउनुभएको छ । तर म पैसाका लागि फिल्म गर्दिन ।’

The post अनमोल केसी बोले झरना थापा बिरुद्ध, भन्छन् ५० लाख अफर गर्ने धेरै निर्माता निर्देशकहरु छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.