धाईआमा भन्छिन्, ‘बच्चा बाँचेको सुन्दा खुसी लाग्यो’ ! बुवा साउदीमा, आमाको मृत्यु भयो लास पनि भेटिएको छैन तर ८ महिने शिशु भने बाँचे

शिशुलाई दूध खुवाउने, स्याहारसुसार गर्ने अर्थात् आमासरहकी महिलालाई धाईआमा भनिन्छ। विशेष परिस्थितिका कारण इच्छाकामना गाउँपालिका–३ नरसिंहटार बस्ने कृतिका लम्साल अधिकारीले बुधबार धाईआमाको भूमिका निर्वाह गरिन्। आजको नयाँ पत्रिकामा दीपेन्द्र अधिकारी अगाडि लेख्छन्- बुधबार बिहान काठमाडौंबाट अर्घखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको बस दुर्घटनामा थापा थरका एक बालक घाइते भए। बालकलाई नदी किनारको ठूलो चट्टाने ढुंगामा रोइरहेको अवस्थामा सुरक्षाकर्मीले तत्काल उद्धार गरे। रुँदारुँदा आवाज नै बन्द भइसकेको बालकलाई ३० मिनेटमा घटनास्थलभन्दा ३ किमि पर नारायणगढतर्फ मनकामना पोलिक्लिनिकमा लगियो। बालक रोइरहेका थिए।

त्यतिकैमा आफ्नै २ वर्षकी छोरीका साथ अस्पतालनजिक पुगेकी अधिकारीलाई उद्धारमा रहेका सुरक्षाकर्मीले बच्चा सानो भएकाले दूध खुवाइदिन आग्रह गरे। बच्चाले ल्याक्टोजिनसमेत खान नमानेपछि दूध खुवाउन धाईआमाको खोजी भयो। कलिलो बच्चा बेसहरा भएको कृतिकाले पनि देख्न सकिनन् र बच्चालाई दूध खुवाइन्। झन्डै १० मिनेटजति दूध ख्वाएपछि बालक रुन छाडे। बालक निदाए। बालक निदाएपछि तत्कालै थप उपचारका लागि नारायणगढ पठाइयो। भरतपुरस्थित पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा ल्याउँदा बालक रोइरहेका थिए। तत्काल चिकित्सकले उपचारमा ध्यान दिए।

‘के भएको रहेछ भनी हेर्न गएकी थिएँ,’ कृतिकाले भनिन्, ‘आमासँगै घर जान हिँडेका बच्चा दूध खान नपाएर रोएको देख्दा मैले नै दूध खुवाएँ।’ भरतपुरमा बच्चाको राम्रो उपचार भइरहेको सुन्दा आफूलाई निकै खुसी लागेको उनले प्रतिक्रिया दिइन्। दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन्। शिशुको आइसियूमा उपचार भइरहेको छ। शिशुको छाती र हातमा चोट लागेको छ। अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनीषा थापा भने त्रिशूलीमा बेपत्ता छिन्। शिशुका बाबु साउदी अरबमा रहेको बताइएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकले ठक्कर दिँदा बुधबार बिहान चुम्लिङटारमा ३२ जना सवार बस त्रिशूलीमा खसेको थियो। अहिले पनि चितवन स्थित पुरानो मेडिकल कलेजमा ९ जना घाइतेको उपचार भइरहेको छ।

बसमा सवार ८ जनाको मृत्यु भएको थियो। दुर्घटनास्थलमै मृत्यु भएका अर्घाखाँची हंसपुरका शिक्षक नुदनाथ अधिकारीको बिहीबार देवघाटमा अन्त्येष्टि गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार बस दुर्घटनामा ५ जना अझै हराइरहेका छन्। बुधबार र बिहीबार दिनभर प्रयास गर्दा पनि त्रिशूलीमा २५ फिट तल डुबेको बस निकाल्न सकिएको छैन। बस तान्न क्रेनको सहायता लिइए पनि तान्न नसकिएको प्रहरी निरीक्षक पन्तले बताए। त्यस्तै गोताखोरले दिउँसो ३ बजेपछि पानी चिसो भएको भन्दै नदीमा जान नसकेकाले शुक्रबार बिहान मात्र बस तानिने पन्तले जनाए।

The post धाईआमा भन्छिन्, ‘बच्चा बाँचेको सुन्दा खुसी लाग्यो’ ! बुवा साउदीमा, आमाको मृत्यु भयो लास पनि भेटिएको छैन तर ८ महिने शिशु भने बाँचे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.