एक सन्तानलाई ईश्वरको बरदान मानेका नेपाली हस्तीहरु

सुन्दर परिवारका लागि नेपालमा दुई सन्तान ईश्वरको बरदान भन्ने चलन छ । तर नेपाली चलचित्र क्षेत्रमा भने यस्ता कलाकारहरु छन् जो एक सन्तान ईश्वरका बरदान भन्ने मान्ने गर्छ्न ।

karishma-manandhar-and-daughter-kajol-manadhar

आफनो कार्य व्यस्तताका कारण दोस्रो सन्तानको लागि तयार हुन पाएनन वा चाहना नै भएन त्यो उनीहरुलाई नै थाहा होला । नेपाली सिनेक्षेत्रमा सदाबहार नायिकाको उपनाम भएकी करिश्मा मानन्धरले निर्माता बिनोद मानन्धरसंग बिवाह गरी मात्र एक सन्तानमा नै चित्त बुझाईन् ।

करिश्माले आफनो सबथोक मानेकी छोरी कबिता मानन्धर हाल अमेरिकामा अध्ययनको क्रममा रहेकीछिन् । उनीहरुमा आमा छोरीको सम्बन्ध भन्दा पनि साथीको जस्तो सम्बन्ध रहेको बताईन्छ । यसैगरी नायिका झरना थापाले पनि एक सन्तानमा नै मन बुझाईन् ।

jharana

निर्माता सुनिल कुमार थापासंग बैवाहिक जीवनमा बाँधिएपछि नै चलचित्र क्षेत्रमा आएकी उनले आफनो करियरसंगै छोरीलाई हुर्काउँदैमा आफनो सम्पुर्ण समय सकिन् । हाल अध्ययनको क्रममा नै रहेकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा नै आवोस भन्ने उनको चाहना पनि छ ।

suvekhsya-thapa-daughter-anusha-birthday-4

यस्तै रजतपटमा बोल्ड नायिकाको रुपमा चिनिएकी शुभेच्क्षा थापा झरना थापाकी नातेदार पनि हुन् । आफनो बोल्ड छबीको कारण आलोचना समेत भोग्ने गरेकी शुभेच्क्षाको पनि एक छोरी मात्र सन्तानको रुपमा रहेकीछिन् । यी त भयो नायिकाहरुको कुरा ।

कुनै समय चर्चित नायकको रुपमा चिनिएका दिलिप राइमाझी पनि एक सन्तानमा नै चित्त बुझाएका कलाकार हुन् । हाल आफनो परिवारसहित अमेरिकामा रहेका दिलिपको छोरी दिब्य नायिकाको रुपमा परर्फेट रहेको धेरैले टिप्पणी गर्ने गर्छन् ।

dilip-rayamajhi-wife-and-daughter

त्यस्तै भुवन केसीसंग डिभोर्स लिईसकेकी कलाकार एवं निर्मात्री सुस्मिता केसीले पनि सम्बन्धमा रहेको बेला एक सन्तान अर्थात युवा स्टार अनमोलमा नै आफनो मातृत्वलाई सिमित गरिन् । हुनत अहिलेसम्म आफनो सन्तान सानै भएको कारण दोस्रो सन्ता नजन्माएका कलाकारहरु छन् तर माथि उल्लेखित यी कलाकारहरु हुन् जसले भबिष्यमा अर्काे सन्तान पाउँने सम्भावना निकै न्युन छ ।

The post एक सन्तानलाई ईश्वरको बरदान मानेका नेपाली हस्तीहरु appeared first on Taja nepali news.

http://ift.tt/2BDFJeu
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.