खाना खाईसकेपछी यी गल्तीहरू गरेमा क्यान्सरको खतरा दुई गुणा बढ्छ, यसरी बच्नुहोस्

केवल स्वस्थ खानाले मात्र शरीर स्वस्थ रहँदैन । यो पनि ध्यान राख्न आवश्यक हुन्छ कि खान खाईसकेपछी हामी के गर्छौँ । खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब डाइजेशन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण न्यूट्रीएन्ट्सलाई हाम्रो शरीरले प्राप्त गर्छ । तर हामी केही यस्ता गल्तीहरू गर्ने गर्छौँ, जसको हाम्रो शरीरमा नकारात्मक असर पर्छ । यी गल्तीहरू मध्य एक यस्तो गल्ती छ, जसलाई दिनहुँ गर्नाले क्यान्सरको खतरा दुईगुणा बढ्छ । यसकारण चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामलाई यहाँ चर्चा गरिएको छ ।

स्मोकिंग गर्नु- खाना खाईसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।

चिया पिउनु- खाना खाईसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।

ब्रश गर्नु- खाना खाईसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल( माथिल्लो तह) निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।

नुहाउनु- खाना खाईसकेपछी आधा घण्टाको भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्या हुनसक्छ ।

फलफूल खानु- खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।

The post खाना खाईसकेपछी यी गल्तीहरू गरेमा क्यान्सरको खतरा दुई गुणा बढ्छ, यसरी बच्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.