अर्घाखाँची जिल्ला सदरमुकाम नजिक किमडाँडा बाटोमा पर्ने भलाडाँडामा बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएका छ्न। बिहान जिल्लाको साबिक ढाकाबाङ हाल भुमेकास्थान नगरपालिका १ बाट बिहान ६;३० बजे बुटवलका लागि छुटेको लु १ ख ७१६१ नम्बरको सो बस चुत्राबेशी बजार नजिकै आउदा दुर्घटना भएको थियो ।
बसको ब्रेक पाइप फुटेको थाहा पाएर चालकले सबै यात्रुलाई नअत्तिन भन्दै बोनटमा भएका यात्रु समेतलाई बिछ भागमा आउन भन्दै घुम्तिमा ब्रेक फेल भएको बसलाई सजिलो ठाउँमा ल्याई भित्तामा ल्याई ठोक्काएर ठूलो दुर्घटना बाट जोगाउन सफल् भएको यात्रुको भनाई रहेको छ । बसमा यात्रा गर्ने अन्य यात्रु घाइते नभएको र उनिहरु आ- आफ्नो गन्तव्य तर्फ लागेको पश्चिम यातायात ब्यबसायी संग्गका केन्द्रिय सदस्य तथा अर्घाखाँची रुट ( बाटो) इन्चार्ज राम बहादुर बस्नेतले जानाकारी दिनु भएको छ ।
The post फेरी बिहानै आयो दुख्द खबर बस दुर्घटना.. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.