अर्कै कि श्रीमतीसँग यौनकार्यमा लिप्त भैरहेको बेला छोरि ले देखे पछि

आफ्ना साथी काममा गएपछि साथीकी श्रीमतीसँग उनैको घरमा यौनकार्यमा लिप्त भएका बेला अचानक साथीकी छोरी बिउँझिएपछि ती युवकले आफ्नी प्रेमिका र उनकी ५ वर्षकी छोरी दुवैको हत्या गरेका छन् । गत मंगलबार भएको आमाछोरीको हत्याको यो घटनामा प्रहरीले तीन दिनपछि वास्तविकता पत्ता लगाएको हो । आफ्नो अनैतिक सम्बन्धको बारेमा साथीकी छोरीले थाहा पाएपछि ती युवकले पहिले साथीकी श्रीमती र त्यसपछि ५ वर्षकी छोरीको हत्या गरेको उनले प्रहरीसामु स्वीकार गरेका छन् ।

मंगलबार साँझ ड्युटीमा गएका भारत गुजरातको रमण इलाकाका समोदसिंह दमण बुधबार बिहान आएर हेर्दा घरमा ढोका बाहिरबाट बन्द थियो । भित्र पस्ूदा उनले आफ्नी २९ वर्षकी श्रीमती प्रतिमा र ५ वर्षकी छोरी प्रतिज्ञाको शव भेट्टाए । शव भेटिएपछि अनुसन्धानको क्रममा प्रहरीले आरोपी दिलिप शाहलाई हत्या अभियोगमा पक्राउ गरेको हो । दिलिप समोदका साथी रहेको बताइएको छ ।

दिलिपका अनुसार उनी र समोद एउटै कम्पनीमा काम गर्थे । सँगसँगै काम गर्दा उनीहरुबीच गहिरो मित्रता भयो । त्यसपछि साथीको घरमा आउने जाने गर्दा उनकी श्रीमतीसँग प्रेम भयो । उनीहरुबीच ३–४ वर्षदेखि अबैध शारीरिक सम्बन्ध चलिरहेकोे थियो । मंगलबार साँझ समोदकी छोरीले यसबारे थाहा पाएपछि उनले दुवैको हत्या गरेका थिए ।

स्रोत : डिसी नेपाल

The post अर्कै कि श्रीमतीसँग यौनकार्यमा लिप्त भैरहेको बेला छोरि ले देखे पछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.