काठमाडौं । शनिबार फुर्सदको दिन पारेर नायक राजेश हमाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगे। चुनावबाट पहिलो दल बनेको एमालेका अध्यक्ष ओलीलाई बधाई दिन हमाल निवासमा पुगेका हुन्।
हमाल ओली निवास छिर्दा माहोल ठिकै थियो। तर ओलीलाई भेटेर बाहिरिदा ओली निवासको प्राङ्गढमा भिड छिचोल्न हमालका लागि मुस्किल पर्यो।
हमाल आएको थाहा पाएर पुग्नेहरू एकातर्फ थिए भने अर्कोतर्फ पत्रकारको पनि उल्लेख्य उपस्थिति थियो। ऋषि धमला नेतृत्वको रिपोर्टर्स क्लबले ओलीसँग भेट-संवाद गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पत्रकारको बाक्लो उपस्थिति थियो।
ओलीलाई सुटुक्क बधाई दिन पुगेका नायक हमाल निस्कदा अनपेक्षित भिडमा घेरिए। भिड पन्छाउन उनलाई सघाउने त्यहाँ कोही भएनन्। हमाल एक्लै भिडबाट निस्कदा तस्बिर खिच्न र फाट्फुटु संवाद गर्न पनि भ्याए। ओली निवासको गेटबाट हमाल एक्लै बाहिरिएर गाडी चढेर फर्किए।
The post सुटुक्क ओली निवास छिरेका राजेश हमाल निस्कदा पर्यो फसाद appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.