भारतको कश्मिरबाट आयो नेपालीका लागि दु:खद खबर

भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ ।
लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो ।

तर, बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ ।

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतंककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो ।

गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतंककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतंककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् ।

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतंककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो ।

भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतंककारी संगठनको हात रहेको भारतले जनाउँदै आएको छ ।

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतंककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ ।

बिहीबारको सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार आएको छैन ।

नयाँ बाटो साभार

The post भारतको कश्मिरबाट आयो नेपालीका लागि दु:खद खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.