मजाकमै मनमुटु साटे देवर भाउजुले, यसरी अन्त्य भयो प्रेम कहानी

विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका देवर भाउजुले समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका छन् । उनीहरुले गाउँमै रहेको इनारमा हाम्फालेर आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् ।

भारतको बिहारको जमुइ जिल्लाका उनीहरु प्रेममा भएको कुरा घरमा थाहा भएको थियो । घरमा उनीहरु दुईबीचको प्रेमको विरोध भएपछि उनीहरुले सँगसँगै आत्महत्या गर्ने निर्णय गरेको अनुमान गरिएको छ । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको अुनसक्ने बताइएको छ । शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन ।

शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे । त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो । मृतकहरु सोखो गाउँ निवासी चंदन कुमार दास र उनकी भाउजु विन्दु देवी रहेको बताइएको छ । मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।

साभार डिसी नेपाल

The post मजाकमै मनमुटु साटे देवर भाउजुले, यसरी अन्त्य भयो प्रेम कहानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.