ह​रिबंश​ले खुलाए दिपाको बिहे, कोसँग हुदैछ दिपाको मस्ती (भिडियो)

हास्य कलाकार, नायिका तथा सफल निर्देशकको समेत उपमा पाएकी दिपा श्री निरौलाको बिहे भएको खुलासा भएको छ । दिपा श्री र दिपकराज गिरी सानो पर्दादेखी ठूलो पर्दा र स्टेज कार्यक्रमहरुसम्म नछुटिने जोडी हुन् । यी दुईबीच प्रेम सम्बन्ध रहेको पनि कतिपयले शंका गर्दै आईरहेका छन् ।

यी जोडीले भने कामको लागि सहकार्य र लगाम बाहेक आफुहरुबीच केही नभएको बताउँदै आएका छन् । तर हालै बरिष्ठ कलाकार हरिबंश आचार्यले दिपा श्री को बिहे भईसकेको खुलासा गरेका छन् । हरिबंश आचार्यले फिल्म शत्रुगतेको एक गीत छायांकनको क्रममा यस्तो खुलासा गरेका हुन् । उक्त छायांकनमा बरिष्ठ कलाकार हरिबंश आचार्यले पनि कम्मर मर्काएका थिए । उनै गीतमा उनले दिपा श्रीसँग कम्मर मर्काएका हुन् ।

दिपा श्री को बिहे भने उनै बरिष्ठ कलाकार हरिबंश आचार्यसँग भएको खुलासा भएको हो तर यो वास्तविकतामा नभई फिलम शत्रुगते भित्र रहेको छ । फिल्म शत्रुगतेमा हरिबंश आचार्य र दिपा श्री निरौला जोडीको रुपमा देखा पर्ने भएका छन् ।

फिल्ममा दिपा श्री र हरिबंश आचार्यको अलवा दिपक राज गिरी र प्रियंका कार्कीको जोडी, पल शाह र आँचल शर्माको जोडी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ । दिर्घ गुरुङले खिचेको फिल्मलाई जात्रा निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । फिल्म यहि बर्ष चैत्र ९ गते प्रदर्शन हुने निर्माण टिमले बताईएको छ । filmyfanda

The post ह​रिबंश​ले खुलाए दिपाको बिहे, कोसँग हुदैछ दिपाको मस्ती (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.