महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्न सकिने मिनी ट्रयाक्टर बजारमा

महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्न सकिने मिनी ट्रयाक्टर बजारमा आए पछि किशनहरु लाई सजिलो भएको छ। ‘एक हल गोरुले दिनभरमा गर्ने मेलो ट्याक्टरले आधा घण्टामै सकिन्छ,’ किशनले भने, ‘उतिबेला बाँझो भएको खेतमा अहिले तीन खेती हुन्छ। धान रोप्ने, मकै, गहुँ छर्ने र तरकारीबाली लगाउनमा सजिलो भएको छ ।’ गोरुले जोत्दा असारमा सुरु गरेर भदौसम्म रोप्ने खेत अहिले दुई दिनमै सकिने किशनले बताए।

ट्याक्टरको सहायताले खेतबारी खन्न सजिलो भएपछि किसानहरु खुसी भएका छन् । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै नै सजिलो भएको किसानहरु बताउँछन्। भनेको समयमा गोरु नपाउने र कामदारको पनि अभाव किसानले सधै झेल्नु परेको छ । भएका खेतबारी पनि बाँझो राख्नुपर्ने बाध्यता थियो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरु र खेतालाको टन्टो हटेको छ । कम जनशक्तिले थोरै समयमा काम सकिने भएपछि बाँझो रहेका खेतमा पनि उत्पादन सुरु भएको छ।

गजुरीका किसानलाई लक्षित गरी अक्सफामको साझेदारीमा प्रयास नेपालले खेतबारी जोत्ने ट्याक्टर, कमाइन मिल लगायतका सामग्री निशुल्क उपलब्ध गराएको छ । गजुरीका विभिन्न किसान समूहलाई सामाग्री प्रदान गरिएको हो। गाउँमा गोरु अभावले आँफैले खानको लागि खेती गर्न समेत अप्ठारो भइरहेका बेला आफनै भौगोलिक अवस्था सुहाउदो कृषि उपकरणहरु पाएपछि किसानहरु खुसी भएका छन्। ट्याक्टरले जोत्दा खेतको माटो खुकुलो हुने किसानहरूको अनुभव छ। गाउँमा छुट्टाछुट्टै समूह बनाएर समूहका व्यक्तिहरुले पालैपालो ट्याक्टरको प्रयोग गर्ने गरेको र प्रयोग गरेबापत केही रकम उठाएर समूहमा जम्मा गरी ट्याक्टर बिग्रिएको बेला खर्च गर्ने योजना बनाएको जालपादेवी आमा समूहका अध्यक्ष टिकाकुमारी बरुवालले बताइन्।

कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानहरुको संख्या घट्दै गएको छ। संघ संस्था तथा सरकारले पनि किसानलाई लक्षित गरी यस्ता उपकरणहरु प्रदान गरिरहेको छ । परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानहरुलाई व्यवसायिक बनाउने र कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन कृषि उपकरण वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

‘कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरि कृषि पेशालाई सरल र सहज बनाउनको लागि कृषि उपकरणहरु वितरण गरेका हौँ’ अर्यालले भने। ग्रामिण क्षेत्रका किसानहरुको जिविकोपार्जनमा सुधार गर्ने लक्ष्य अनूरुप मिल, हाते ट्याक्टर र अरु कृषि औजारहरु निशुल्क वितरण गरेपछि किसानहरु हर्षित भएका हुन । यसले एकातिर किसानहरूलाई खाद्यान्न उत्पादनमा सहज भएको छ, अर्कोतिर उत्पादन लागत समेत कम हुँदै गएको किसानहरू बताउँछन् । सडक पुगेका गाउँमा ठूला ट्याक्टर र नपुगेका गाउँका किसानहरूले ससाना हाते ट्याक्टरहरूले खेतबारी जोत्ने गरेका छन्। globalpatrika

The post महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्न सकिने मिनी ट्रयाक्टर बजारमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.