शनिबार भूकम्प गएकाले नेपालमा ३० हजारको ज्यान जोगियो : अध्ययन

लन्डन । नेपालमा भूकम्प सुरक्षाका लागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले दुई वर्षअघि बैशाख २०७२ मा शनिबारका दिन भूकम्प गएकाले झण्डै ३० हजार बालबालिका, शिक्षक, शिक्षिका र कर्मचारीहरुको ज्यान जोगिएको बताएका छन्।

यसै साता लन्डनको इन्स्टिच्यूट अफ एडुकेशनस्थित शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्रद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भूकम्प प्रविधि समाज ९एनसेट० का संस्थापक महासचिव तथा कार्यकारी निर्देशक डा दीक्षितले सो भूकम्पमा परी ज्यान गुमाउनेमध्ये झण्डै ९८ प्रतिशतको घर भत्किंदा चेपिएर ज्यान गएको बताए।

‘७.८ रिक्टर स्केलको भूकम्पका कारण झण्डै ९ हजार जनाको ज्यान गयो भने ३५ हजार जति विद्यालय भवनहरु क्षतिग्रस्त भए। विद्यालय चलिरहेको बेला भूकम्प गएको भए हामीले अरु बढी क्षति बेहोर्नुपर्दथ्यो’, उनले भने।

नेपालमा भूकम्पको सम्भावना टरिनसकेको र अझै ठूलो भूकम्प आउने सम्भावना कायमै रहेकाले आवासीय घरहरु, विद्यालय, पसल, कार्यालय आदिलाई बलियो र सुरक्षित बनाउन ढिला गर्न नहुने उनले बताए। एनसेटले सञ्चालन गरेको विद्यालय भूकम्प सुरक्षा कार्यक्रमलाई अहिले दक्षिण एसियाका विभिन्न मुलुकमा नमुनाको रुपमा अनुकरण गरिएको बताउंदै दीक्षितले भूकम्पको बेला सवलीकरण गरिएका सबै ३०० विद्यालय सुरक्षित रहेको र तिनले स्थानीय समुदायलाई अस्थायी आश्रय उपलब्ध गराउनुका साथै उद्धार कार्यकालागि समन्वय केन्द्रको रुपमा पनि काम गरेको बताए।

भूकम्पपछि झण्डै आठ लाख घरका क्षतिको सर्वेक्षण भइसकेको बताउँदै दीक्षितले अब नयाँ बन्ने घरहरु राष्ट्रिय भवन संहिता अनुकूल बनून् भन्ने सुनिश्चित गर्न स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।

एनसेटले काठमाडौं उपत्यका भित्र ८८७ वटा खुला स्थानहरुको पहिचान गरेको बताउंदै दीक्षितले ती सार्वजनिक स्थलहरुलाई जोगाइ राख्न र भूकम्पलगायतका संकटहरुको अवस्थामा तिनलाई सबै समुदायको आश्रय थलोको रुपमा प्रयोग गर्ने जिम्मेवारी पनि स्थानीय निकायकै भएको कुरामा जोड दिए।

डा दीक्षितको प्रस्तुतिमाथि टिप्पणी गर्दै सोसाइटी अफ नेप्लीज इन्जिनियर्स यूकेका अध्यक्ष घनश्याम पौडेलले भूकम्पलाई प्राविधिक दृष्टिकोणले मात्रै नहेरेर व्यापक सामाजिक, सांस्कृतिक परिप्रेक्षमा यसको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भूकम्पबाट जोगिन नेपालले गरिरहेको अभ्यास दक्षिण एसिया र अन्य मुलुकहरुका लागि पनि एउटा उदाहरण बनेको बताउंदै कामको सिलसिलामा बुर्किना फासो, माली, गिनी जस्ता अफ्रिकी मुलुकहरु घुम्दा त्यहाँको तुलनामा नेपाली समाज र संस्थाहरु निकै सुदृढ र जीवन्त रहेको आफूले पाएको बताए।

अर्का टिप्पणीकार डा विनोदलाल अमात्यले भूकम्पपछि काठमाडौं उपत्यकामा आफूले एउटा सर्वेक्षण गरेको र त्यसमा आवासीय भवनहरुलाई विद्यालयको रुपमा प्रयोग गरिएको पाएको जनाए। यसले जोखिम निकै बढाएको बताउंदै उनले विद्यालय भवन सञ्चालन गर्न बनाइएका मापदण्डहरुलाई कडाइका साथ लागू गरिनुपर्ने सुझाव दिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

The post शनिबार भूकम्प गएकाले नेपालमा ३० हजारको ज्यान जोगियो : अध्ययन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.