सर्लाही । चर्चित अभिनेता निखिल उप्रेती अहिले मधेसमा भोट माग्न व्यस्त छन् । प्रदेश नम्बर दुईका ८ जिल्लामा असोज २ गते हुन निर्वाचनमा नायक विश्व कटुवालकी आमा कल्पना कटुवालका लागि भोट माग्न निखिल आफ्नो गाउँ आएका हुन् । विश्व निखिलले बनाएको फिल्म ‘रूद्र’का डेब्यू नायक हुन् । उनी म्युजिक भिडियोमा चर्चित थिए ।निखिलका दाजु एमाले तर्फबाट निर्वाचित सासंद हरि उप्रेतीको निवार्चन क्षेत्र सर्लाही–४ को बर्थवा नगरपालिकामा विश्वकी आमा मेयर उम्मेदवार छिन् ।
उनी एमालेबाट उम्मेदवार बनेकी हुन् । उनकै लागि अहिले निखिलले आफन्त, परिवारसँग भेटघाट गरेर भोट मागिरहेका छन् ।
यसअघि दाजु हरि उप्रेतीलाई सांसदमा जिताउन लागिपरेका निखिलले बर्थवा नगरपालिकामा विश्वकी आमाको प्रतिस्पर्धा कांग्रेससँग हुने तर जित हाम्रै हुने बताउँछन् ।उनले आफू दाइको पार्टीलाई सघाउन आएको स्पष्ट पार्दै राजनीति गर्ने सोच नरहेको पनि बताए ।
The post चर्चित अभिनेता निखिल उप्रेती अहिले मधेसमा भोट माग्न व्यस्त छन् । आखिर कस्को लागी माग्दै छन भोट appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.