काठमाडौं । राजधानीको चाबहिलमा एक नवजात शिशु फेला परेको छ । झोलामा पोको पारेर फालेको अवस्थामा प्रहरीले बिहीबार बिहान शिशु फेला पारेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
६-७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । medianp
The post झोलामा पोको पारेर फालेको नवजात शिशु चावहिलमा जिवितै फेला appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.