काठमाडौं। सुनको औंठी धितोमा राखेर पैशा लिने एकजना ठगी अभियोगमा पक्राउ परेका छन्। झापा लक्ष्मीपुर–९ घर भई हाल ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय दिपक रहपाललाई ठगीको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।
रहपालले १ तोलाको सुनको बेरुवा औंठी बिगत ढेड महिनादेखि धितोमा राखेर पैसा लिएका थिए। सोलुखुम्बु घर भई हाल ललितपुर ताल्चीखेल बस्ने २८ वर्षीया मनिषा कार्कीसँग औंठी धितोमा राखी नगद ४० हजार रुपैयाँ उनले लिएका थिए।
पछि कार्कीले शंका लागेर नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी संघ मैतिदेवीमा गएर औंठी चेकजाचँ गराउँदा बाहिर सुनको जलप लगाई भित्र चाँदी रहेको थाहा लागेको हो। सुन भनेर राखेको औंठी सुनको नभएपछि कार्कीको होस् उडायो।
ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको जानकारी दिदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। dcnepal
(प्रयुक्त तस्बिर प्रतिकात्मक हो)
Post a Comment
Thanks.