‘काठमाण्डूलाई खतराको घण्टी’

राजधानी काठमाण्डूमा अग्ला भवन बन्ने क्रम बढ्दै गएको छ; १२ देखि १३ तलासम्मका कैयौँ आवसीय हाउजिङहरु सञ्चालनमा छन्।अधिकारीहरुका अनुसार पछिल्लो समयमा सरकारी निकायहरुले २३ तला सम्मको अग्लो भवन निर्माणका लागि अनुमति दिएका छन्।

राजधानीको केन्द्रमा रहेको पुरानो बसपार्क क्षेत्रमा काठमाण्डू महानगरपालिकाले नै २६ तले अग्लो भवन निर्माणको लागि तयारी गरिरहेको बताइन्छ।
तर त्यस्ता अग्ला भवनहरुमा आगालागी भए त्यसलाई नियन्त्रण गर्ने पर्याप्त उपकरण आफूहरुसँग नभएको जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख किशोर कुमार भट्टराई बताउँछन्।

दश तलामात्र
उनले भने, “तीस मिटरसम्म अर्थात १० तलासम्म गएर अग्नि नियन्त्रण गर्न सक्ने क्षमता भएको एरियल ल्याडर छ। त्योभन्दा बढी तलामा गएर अग्नि नयिन्त्रण गर्ने क्षमता हामीसँग छैन।”

तीस मिटरसम्म अर्थात १० तल्लासम्म गएर अग्नि नियन्त्रण गर्न सक्ने क्षमता भएको एरियल ल्याडर छ। त्योभन्दा बढी तलामा गएर अग्नि नयिन्त्रण गर्ने क्षमता हामीसँग छैन किशोर कुमार भट्टराई, जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख दश तलाको भवनमा आगलागी भएको खण्डमा अग्नि नियन्त्रणका लागि चाहिने एरियल ल्याडर पनि एउटा मात्र रहेको र त्यो पनि ३५ वर्ष भन्दा पुरानो रहेको उनको भनाई छ।

अपार्टमेन्ट
जुद्ध वारुण यन्त्रसँग हाल जम्मा ६ वटा दमकल छन् र त्यसमध्ये ३ वटा मात्रै काम गर्न सक्ने अवस्थामा छन्। त्यही भएर अग्ला भवनहरु निर्माणको अनुमति दिँदा नै सावधानी अपनाउनुपर्ने जानकारहरु बताउँछन्।

अनुमति
भवन निर्माण सम्बन्धी अनुगमन गर्ने जिम्मा पाएको निकायका अधिकारीहरु चाँहि अग्नि नियन्त्रणको प्रभावकारी व्यवस्था सुनिश्चित गरेर मात्रै गगनचुम्बी भवन निर्माणको अनुमति दिने गरिएको बताउँछन्।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरी शर्माले भने, “राष्ट्रिय भवन आचार संहितामा अग्नि नियन्त्रण सम्बन्धी छुट्टै संहिता छ जसमा अग्नि नियन्त्रण गर्नका लागि छुट्टै पानीको व्यवस्था गर्ने जस्ता विषय छन्। त्यो हेरेर दिने गरिएको छ।”

तर जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख किशोर कुमार भट्टराईले उनको कार्यालयले गरेको अनुगमनमा अग्ला भवनहरुले त्यस्तो मापदण्डहरु पालना गरेको नपाइएको जानकारी दिए।

चुनौती
उनले भने, “अलि अगाडि बनेका ठूला भवनमा तोकिए अनुसार सबै कुरा राखिएको छैन र हालै बनेका भवनहरुले पनि सामान्य मानक पनि पुरा गरेको देखिँदैन।”

राखिएका सामाग्रीको समय समयमा मर्मत पनि नगरिएको भेटिएको भट्टराईले बताए। उपकरणको उपलब्धता बाहेक अधिकारीहरुका अनुसार राजधानीका साँघुरा गल्लीमा बनेका घरहरुसम्म दमकल र अग्नि नियन्त्रकहरुलाई परिचालन गर्नु अर्को ठूलो चूनौती रहेको छ।

bbc.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.