जन्म दिनमा रोए सुनिल थापा, तक्मेसँग छ यस्तो सम्बन्ध

सुनिल थापालाई धेरै कलाकारले आफ्नो अग्रज मान्छन् । चलचित्र क्षेत्रमा उनको जस्तै छवि बनाउन लालायित हुन्छन् । करिब चार दशक चलचित्रमा क्षेत्रमा बिताइसकेका उनी दर्शकमाझ राते काईँला र शेरसिंह नामले परिचित छन् । धेरैजसो खलनायकको भूमिकामा देखिने थापा नेपाललाई अत्यधिक माया गर्ने कलाकारमा पर्छन् । एभ्रेष्ट फिल्म एकेडेमी खोलेर चलचित्र क्षेत्रलाई उत्कृष्ट बनाउने प्रयासमा जुटेका सुनिल थापा सन् १९५७ मा जन्मिएका हुन् । जीवनको ६० दशकमा प्रवेश गर्न लागेका उनले आफ्नो जन्म दिनमा आँशु झारेका छन् । मध्य रातमा विल्सन विक्रम राई (तक्मे बुढा) र गौरव पहारीले दिएको सरप्राइजले उनको आँखा रसाएका हुन् ।

सुनिल थापा कोठामा बस्दै गर्दा मध्य रात अघि बत्ती गयो । सुनिलले बत्ती के भएर गयो ? भनीरहेका थिए । ठिक १२ बजे बत्ती आयो, कोठा उज्यालो भयो । त्यो उज्यालोमा देखियो ह्याप्पी बर्थ डे लेखिएको केक । विल्सनले भने, “हामीले दिएको त्यो सरप्राइजले बुवाको आँखा रसायो ।” सुनिल थापा यस्ता कलाकार हुन्, जो चलचित्रको उद्गम थलो बलिउड छाडेर नेपाली चलचित्रलाई मरिहत्ते गर्छन् । उनले बलिउडबाट कलाकारीता सुरु गरेका हुन् । एक दुजे के लिए, मानव हत्या, आजकी आवाजलगायतका बलिउड चलचित्रमा अभिनय गरेपछि उनी चलचित्र मसाल बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । त्यसलगत्तै अभिनय गरेको चलचित्र चिनोले उनलाई राते काईँलाको परिचय दियो । नेपाली चलचित्र क्षेत्रप्रतिको माया बढायो । उनले आधा दर्जन बढी बलिउड चलचित्रमा काम गरिसकेका छन् । बलिउडप्रतिको बढ्दो आर्कषणकाबीच उनी बम्बईमा भएको आफ्नो परिवार छाडेर नेपाल आइरहन्छन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो संलग्नता जनाइरहन्छन् । साथमा नेपाली पहिरन लगाएर ओस्कार अवार्ड हात पार्ने लक्ष्य तय गर्छन् ।

सुनिल थापा र तक्मे बुढाको विशेष सम्बन्ध
विल्सन विक्रम राई धेरै हण्डर र ठक्कर खाएर अहिलेको स्थानमा पुगेका हुन् । विल्सनले संघर्ष गर्दै गर्दा उनको भेट सुनिल थापासँग भएको थियो । त्यो समयमा विल्सन प्रोडक्सनको काम गर्थे । प्रोडक्सनमा काम गरे पनि सुनिलले उनलाई निकै माया गर्थे । उनी सम्झन्छन्, “बुवाले मलाई निकै माया गर्नुहुन्थ्यो, ठूलो कलाकार बन्छस् भन्नुहुन्थ्यो । सँगै बस्ने प्रस्ताव पनि गर्नु भएको थियो । त्यो समयमा उनलाई सुनिल थापाको त्यी वाक्यहरु नै काफी थिए । उहाँले राखेको त्यो प्रस्तावले मलाई संघर्ष गर्न बल दिने गथ्र्यो । म अलि उहाँसँग उभिन नसके पनि बस्नसम्म मिल्ने हैसियतको लोकप्रियता कमाएपछि बुवाको प्रस्तावलाई सहर्ष स्वीकार गरेँ,” विल्सनले गज्जबको अनलाईनसँग भने । सुनिल थापा वर्षमा ३, ४ पटक काठमाण्डौँ आउँछन् । धेरैजसो समय उनी भारतको मुम्बईमा परिवारसँगै बस्छन् । तर, नेपाल आएको बेला भने विल्सन र सुनिल एउटै फ्ल्याटमा बस्छन् । नयाँ बानेश्वरमा उनीहरुले फ्ल्याट भाडामा लिएर बसेका छन् । त्यसैले सुनिल र विल्सनको सम्बन्ध पारिवारीक बनेको छ । सुनिल विल्सनलाई छोरा भन्छन् भने विल्सन सुनिललाई बुवा भनेर सम्बोधन गर्छन् ।
source:gazzabkoonline.com

http://ift.tt/2qASfp6
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.