खाना खानेबित्तिकै गर्नै नहुने ७ कुरा

आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ ।

कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ।

सुत्नेः
धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।

नहुाउनेः
सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ ।

पेटी खुकुलो बनाउनेः
केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।

फलफूल खानेः
खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।

हिड्नेः
धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ ।

चिया पिउनेः
केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

धुम्रपान गर्नेः
खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।

यौन समबन्ध

खाना खाने बित्तीकै यौन संबन्ध पनि राख्नु हदैँन् । एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.