म्यादी प्रहरी र प्रहरीबिच झडप, चौकीमा तोडफोड

प्यूठान, जेठ ५ – स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकी मच्छीमा तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड गरेका हुन् ।

तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि बिक्रम केसीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरी आक्रोशित भएका हुन् । प्रहरी बिचको आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा तोडफोड भएका छन् ।

कुर्चि, बेन्चलगायत प्रहरीका महत्वपूर्ण कागजातमा क्षति भएको छ । घाइते केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा चौकीलाई थप क्षति हुनबाट जोगाएको बताउँदै प्रहरीले सामान्य विवादमा समेत चौकीमै आगजनी गर्ने हिसावले आक्रोशमा उत्रिएको जनाएको छ । source:ujyaaloonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.