नारायणगढ–मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द

चितवन, ३ जेठ । निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ ।

निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले भोलिदेखि कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन ।

उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ । भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ । खनालका अनुसार दुई किलोमिटर कालोपत्र गरिएको छ । वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ । source:etajakhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.