माघ ९ – गएको भदौ १२ गते । बिमला पाण्डे अरु दिन जस्तै कक्षामा हुनुहुन्थ्यो । पढाइरहेका बेला विदेशको नम्बरबाट फोन आयो ।
बिमलालाई फोनमा बोल्न मन लाग्दैनथ्यो । त्यसमा पनि विदेशको नम्बर देखेपछि को हो, के भन्नलाई फोन गरेको हो भन्ने सोचेर उहाँले सँगै पढाउने साथीको छेउमा गएर फोन उठाउनुभयो । त्यसलाई सबैले सुन्ने बनाउनुभयो ।
अनि उताबाट बोलेको नसुनी तपाईं को हो ? किन फोन गर्नुभएको ? म त जो पायो त्यहीसँग बोल्दिन भन्न थाल्नुभयो । बिमलाका कुरा सुनेर केही भन्न नपाएका फोन गर्ने व्यक्ति उहाँका कुरा सकिएपछि मात्रै बोले ‘म बिनोद पाण्डे, तिम्रो श्रीमान् ।’
बिमलाका लागि श्रीमानको आवाज बिरानो भइसकेको थियो । त्यसैले १५ वर्षपछि श्रीमानसँग बोल्न पाउँदा पनि उहाँलाई केही नयाँ भयो भन्ने नै लागेन । ‘माया मारिसकेको मान्छे अनि के हुनु केही भएन’ बिमलालाई त प्रश्न पो गर्न आयो ‘ए आज कहाँबाट सम्झिनुभयो ?’ श्रीमतीको प्रश्नमा चित्त दुखाइ मिसिएको थियो भन्ने बिनोदले बुझ्नुभयो कि भएन थाहा छैन ।
तर कुरा अर्कैतिर मोडियो । बिनोदले यस्तै भयो अरु कुरा सबै भेटेर भनौंला भन्नुभयो । बिमलाले पनि धेरै निधि खोजी गर्नुभएन । किन त ? प्रश्न गर्न नपाउँदै बिमलाको अस्वभाविक जस्तो लाग्ने उत्तर आयो ‘यसै त मरिसके भनेर बसेकी थिएँ अनि यत्तिका वर्ष नबोल्दा केही भएन अहिले किन खुशी हुनु अनि किन आत्तिनु ?’बिमला धेरै खुशी नहुनु अनि नआत्तिनुको कारण थियो १५ वर्षको बिछोड ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ की बिमलाका श्रीमान् बिनोद २०६० जेठ ९ गते वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । मलेसिया पुगेपछि बिनोदले आफू पुगेको जानकारी गराउन फोन गर्नुभयो । ७ वर्षसम्म त बिनोदको फोन आउँथ्यो तर घर आउने कुरै हुँदैनथ्यो ।
अरुका श्रीमान दुई वर्षमा घर आएर फर्किंदा बिमलालाई पनि आफ्ना श्रीमान आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर बिमलालाई जस्तो लागेन बिनोदलाई । ‘त्यही भएर त यत्तिका वर्ष बिर्सिनुभयो नी’ बिमलाले गुनासो गर्नुभयो । सात वर्षपछि त त्यही पनि हरायो ।
घर आउने कुरा नगरेपनि सञ्चो बिसञ्चो सुनाइरहने बिनोद हराएपछि परिवार उहाँलाई खोज्न तिर लागे । बिमलका काकाका छोरा नवराज पाण्डे काठमाडौंको ठमेलमा व्यवसाय गर्थे । बिनोदका बुवाले छोरो खोजिदिन भतिजो गुहार्नुभयो । संयोग नै भन्नुपर्छ त्यति बेलै मलेसियाका एक व्यक्ति नवराजको आएका थिए ।
नवराजका कुरा सुनेपछि उनले आफूले सकेसम्म खोजिदिने बताए । त्यसको केही दिनमै उनले बिनोदका बारेमा पत्तो पनि लगाइदिए । छोरो फेला परेको खबर ससुराले बिमलालाई सुनाउनुभयो तर बिमलालाई सत्य होला जस्तै लागेन । केही प्रतिक्रिया जनाउनुभएन् ।
ससुराले काठमाडौंमा रहेको भतिज नवराज पाण्डेले मलेसियाबाट आएको व्यक्ति मार्फत छोरा पत्ता लागेको सुनाउनुभएको थियो । तर बिमलालाई घरमै नआउञ्जेलसम्म के पत्याउनु र जस्तो लाग्यो ।
बिमलालाई त्यो खबरको विश्वास थिएन । तर गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।
गाउँले अनि परिवारकै पनि धेरैले उतै मरिसक्यो होला भन्थे । बिमलालाई पनि हो नै जस्तो लाग्थ्यो । त्यसमाथि नन्दहरुले दाइ मरिसकेकाले भाउनु किन राख्नुपर्यो ? भनेको सुनेपछि बिमलाले आफूलाई सम्हाल्न सक्नुभएन ।
त्यही कुरा उहाँले ससुरालाई भन्नुभयो । आफू घरमा भन्दै दुई छोराछोरी लिएर अन्तै गएर बस्ने बिमलाका कुरा सासु ससुराले सुन्न चाहेनन् । ‘गाउँकाले मात्रै होइन परिवारकैले पनि यस्तो भनेपछि त किन बस्ने भन्ने लाग्यो ।’ बिमला भन्नुहुन्छ ।
सासु ससुराले रोकेपछि बिमलाका पाइला रोकिए । बुहारीलाई रोकेकी विनोदकी आमाको निधन भयो ।श्रीमान् सम्पर्कमा आएपछि बिमलालाई नयाँ आशा पलाएको छ । अहिले त बिमला प्राय दिनै श्रीमानसँग फोनमा बोल्नुहुन्छ । बिनोदले कानुनी झन्झटका कारण भिसा लगाउन नसकेको बताउनुभएको छ ।
अब त एक दिन आइहाल्नुहुन्छ भन्ने लाग्न थालेको छ बिमलालाई । विनोद विदेश जाँदा छोरा ६ महिना र छोरी २ वर्ष ६ महिनाकी थिइन् । अहिले छोरी १७ बर्ष र छोरा १५ वर्ष भएका छन् । त्यसैले बिमला अब त दुःख पाउँदिन भन्नेमा ढुक्क हुनुहुन्छ । ujyaaloonline
The post मरिसके भनेका श्रीमानसँग भिडियो कल appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.