विश्वको सम्पर्कमा नरहेको उत्तर कोरियाले कसरी जान्यो मिसाइल बनाउन ?

केही समययता अमेरिका र उत्तर कोरियाबीच तनाव बढेको छ । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले विश्वले देख्नेगरि उत्तरलाई सिकाउने भनेसँगै उत्तरले अमेरिकी भुभाव यसै महिनाभित्रमा गुआममा आक्रमण गर्ने चेतावनी दिएको छ । यससँगै उत्तर कोरिया र अमेरिकाबीचको युद्ध हुने अनुमानहरु गरिएको छ ।

गरिब देशको रुपमा रहेपनि उत्तर कोरिया आणविक र सैन्य शक्तिका हिसावमा निकै शक्तिशाली छ । विश्वको सवैभन्दा शक्तिशाली देश अमेरिकालाई समेत चेनावनी दिन सक्ने उत्तरको विश्वका अन्य देशहरुसँग खासै सम्पर्क पनि छैन । यस्तो अवस्थामा उत्तरले कसरी आणविक हतियार बनाउन सक्यो भन्ने सवैमा प्रश्न उव्जिएको छ ।

जसलाई हामीले निराकरण गर्ने प्रयास गरेका छौं ,

अमेरिका र उत्तर कोरियाबीच तनाव लगातार बढिरहेको छ । उत्तर कोरियाली नेता किम जोन उन लामो दुरीको मिसाइल परीक्षण र परमाणु कार्यक्रमलाई अगाडि बढाउन लागिपरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छन् । अमेरिकाले उत्तर कोरियाको मामलामा लक्ष्य हाँसिल गर्ने सबै विकल्प खुल्ला भएको बताउँदै आएको छ ।

उता उत्तर कोरियाले भने अमेरिकाले सैन्य कारवाही गरे आफूहरुले जवाफी तर शक्तिशाली हमला गर्ने चेतावनी दिएको छ ।

शान्तिका लागि उत्तर कोरिया खतरा

तर प्रश्न यो उठ्छ कि संसारबाट अलग्गिएको र एक गरिब देशले परमाणु हतियार कसरी हाँसिल गर्यो ? यसमा बीबीसी रेडियो कार्यक्रमका लागि रुथ एलेक्जेन्डरले विशेषज्ञको सल्लाह लिएका छन् ।

उत्तर कोरियाले यस वर्ष दुई ठूला सैन्य प्रदर्शन, थुप्रै मिसाइल परिक्षण र ६ परमाणु परिक्षणको दाबी गरेर संसारसामू चुनौती पेश गरेको छ । उत्तर कोरियाले पनि यसै वर्ष आफू कुनै पनि चुनौतीसँग लड्नका लागि तयार भएको बताएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापानी सैनिकलाई सम्बोधन गदै भने, ‘एशिया प्रशान्तको शान्तिका लागि उत्तर कोरिया खतरा हो । कुनै पनि हमला, चाहे त्यो परमाणु हमला नै किन नहोस्, त्यसमा उनीहरुले हार्नुपर्छ ।’

परमाणु हमलाको आशंका

उत्तर कोरियाले बम बनाउने प्रविधि हाँसिल गरेको कुरा इतिहासको पानामा लुकेको छ । यसलाई जान्नका लागि अक्टोबर सन् १९५० मा जानुपर्छ ।

त्यतिबेला कोरियाली युद्ध सुरु भएको थियो । यसमा लाखौं मानिसहरुको ज्यान गएको थियो । उक्त लडाईं पछि नै उत्तर कोरियालाई आफूसँग परमाणु हतियार हुनुपर्ने कुराको आभाष भयो । उत्तर कोरियालाई लाग्थ्यो कि अमेरिकाले उनीहरुविरुद्ध परमाणु हतियारको प्रयोग गर्नसक्छ ।

कोरियाली युद्ध समाप्त भएपछि उत्तर कोरियाले न्यूक्लियर अनुसन्धानमा काम गर्न सुरु गरेका थिए । उनीहरुले यसलाई सबैभन्दा पहिले बिजुली उत्पादनसँग जोडे । यसका लागि उनीहरुले कम्युनिष्ट सहयोगीसँग मद्दत लिए ।

विशेषज्ञका अनुसार यदि युरेनियमबाट बिजुली हाँसिल गर्ने सिस्टम विकसित गरियो भने हतियारसम्म पुग्न मुश्किल हुँदैन ।

पाकिस्तान बन्यो सहयोगी

सन् १९९० को दशकमा कम्युनिष्ट यूनियन विभाजन भएपछि उत्तर कोरियाले नयाँ सहयोगीको खोजी सुरु गर्यो ।
ब्रिगेडियर फिरोज हसन खानले बीबीसी रेडियोको एक कार्यक्रममा उत्तर कोरियाले नयाँ सहयोगीको रुपमा पाकिस्तान पाएको जानकारी दिए । उनका अनुसार त्यतिबेला दुई देशबिच आधिकारिक बम र गोप्य बमको विषयमा सम्झौता भयो ।

खानका अनुसार उत्तर कोरिया र पाकिस्तानका बिच लिक्विड फ्यूल्ड ब्यालिस्टिक मिसाइल टेक्नोलोजी ट्रान्सफर गर्न सम्झौता भयो । दुबै देशबिच आधिकारिक सम्झौता भयो र उनका वैज्ञानिक मिसाइल टेक्नोलोजीमा सँगै मिलेर काम गर्ने कुरा तय भयो ।

उत्तर कोरियाले मिसाइल विकसित गर्न पाकिस्तानको मद्दत गर्यो र पाकिस्तानी वैज्ञानिक अब्दुल कदीर खानको रिसर्च सेन्टरले उत्तर कोरियाको परमाणु हतियार विकसित गर्नमा ।

पाकिस्तानलाई न्यूक्लियर स्टेट बनाउने श्रेय कदीर खानलाई दिइन्छ । त्यसपछि दुबै देशको सम्बन्धमा तिक्तता आयो । खानले अन्य देशलाई उत्तर कोरियाको न्यूक्लियर प्रविधीसँग परिचय गराएको आरोप उत्तर कोरियाले लगायो ।

विशेषज्ञका अनुसार पाकिस्तानले उत्तर कोरिया र कदीर खानको रिसर्च सेन्टरको मद्दत दिने अनुमती दिए । त्यसको बदलामा उत्तर कोरियाले पाकिस्तानको मिसाइल टेक्नोलोजीको तालिम दिए ।

दोस्रोतर्फ पाकिस्तानी वैज्ञानिकले उत्तर कोरियाको वैज्ञानिकको युरेनियमको प्रयोगको तालिम दिए । दुबै देशबिचको यो सम्बन्ध त्यतिबेला सार्वजनिक भयो जब इस्लामाबादमा एक वैज्ञानिकसमेत तीनजनाको हत्या भयो ।

अन्तर्राष्ट्रिय हतियार निरीक्षक डेविड ओ ब्रायनको भनाइ अनुसार हतियार बनाउनका लागि उत्तर कोरियाको सामान चीन हुँदै पुगेको थियो । ती सामान व्यापारको आडमा त्यहाँ पुगेका थिए ।

ब्रायन भन्छन् ‘उत्तर कोरियाका लागि चीनको बाटो सामान हाँसिल गर्नु त्यति मुश्किल थिएन । चिनियाँ सीमामा त्यति कडाई हुँदैन ।’

सायद यही कारणले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्ध लगाएपनि कोरिया आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाउँदै गएको छ । उसले अमेरिका र संसारका अन्य शक्तिशाली देशहरुको बिराधका बीच पनि शक्ति प्रदर्शन गरिरहेको छ । source:lokaantar

The post विश्वको सम्पर्कमा नरहेको उत्तर कोरियाले कसरी जान्यो मिसाइल बनाउन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.